पोखराको नयाँबजार स्थित पुरानो कर कार्यालय अगाडिको आफ्नै भवनमा कृषि विकास बैंक लि. ले सेवा सुरु गरेको छ ।
उक्त शाखा कार्यालयको उदघाटन कृषि विकास बैंक लि. संचालन समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरे । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको विगत देखि वर्तमानसम्म आइपुग्दा अध्याधुनिक सेवा प्रदान गर्दै, बैंकिङ्ग क्षेत्रका सम्पूर्ण प्रोडक्टहरु लञ्च गरेको जानकारी गराए ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं पोखराका व्यवसायी बाबुराम गिरीले आजको प्रतिस्पर्धात्मक बैंकिङ्ग उद्योगको व्यवसायीहरुसँग सहज ढंगले सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका कृषि विकास बैंकका संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंक कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको तथा कर्मचारीहरुलाई सेवा ग्राहीहरुलाई छिटो निर्णय दिन निर्देशन समेत दिए । उक्त कार्यक्रममा प्रवन्धक हिमलाल श्रेष्ठले स्वागत तथा वरिष्ठ शाखा प्रमुख महेश प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।
सो अवसरमा विशिष्ठ अतिथि कृषि विकास बैंक लि. संचालक समितिका सदस्य भक्क प्रसाद आचार्य र हरि प्रसाद पराजुलीबाट एटीएमको पनि उद्घाटन भएको थियो । कार्यक्रममा कृषि विकास बैंक लि. संचालक समितिका सम्पूर्ण सदस्य, बैंकको उच्च व्यवस्थापन टीमको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प