पोखरा – विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना सहिद तथा बेपत्ता भए । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् ।
गाउँपालिकाले तिनै सहिद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भागेको व्यक्तिका परिवारलाई सम्मान तथा विमा गरेको छ । गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड–१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।
‘गएको वर्ष नै निर्धारित कार्यक्रम कोरोनाले रोकिएपछि अहिले निरन्तरता दिएका हौं,’ गाउँपालिका अध्यक्ष आझाले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । त्यो परिवारको सम्मान र आय आर्जनसँग जोड्नु गाउँ सरकारको कर्तव्य नै हो ।’
पालिकाले त्यस्ता परिकारलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ भने परिवारका ५ जनासम्मको स्वास्थ्य विमा गराएको छ । त्यस्ता परिवारलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य विमा गरिएको हो ।
‘स्वास्थ्य विमाका लागि चाहिने सबै रकम गाउँपालिकाले नै तिरिदिने छ । एक जनाको परिवारका ५ जना सदस्यले यो विमाको सुविधा पाउने छन्,’ ओझाले भने, ‘गाउँपालिकाभित्रका सबै त्यस्ता परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ती परिवारलाई सम्मान गरिन् । सम्मान गर्दै मन्त्री पुनले त्यस्ता परिवारको दीगो जिविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन् ।
सहिद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले सहिद तथा बेपत्ताका मुद्धालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहेको भए पनि रुपाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?