हरि बाँस्तोला, पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासंघको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौ पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकार, प्रदेश अन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गैरहेका वन पैदावारको उपयोग गरि आयआर्ज सहित रोजगारी सिर्जना गर्ने खालका उद्योग गर्ने भएको हो ।
सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाष्टलाई आधुनिक प्रविधिको माध्येमबाट बजारको आवश्यकता अनुसारका बिभिन्न कच्च पदार्थ लगायत तैयारी फर्निचर उत्पादन गरि बिक्री वितरण गर्ने लक्ष्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए ।
“गण्डकी प्रदेशको गौरवको योजनाका रुपमा सञ्चालन गरिने सो उद्योग स्थापना र सञ्चालनका लागि प्रदेश महासंघमा आवद्ध तीन हजार ९०० सामुदायिक वन उपभोक्ता समूहलाई लगानी गर्न आव्हान गरिने बैठकले निर्णय गरेको छ” उनले भने,“२० करोड भन्दा बढी लगानी हुने सो उद्योगबाट पहाडी बन क्षेत्रमा रहेका चिलाउने, कटुस, उत्तीस, सल्ला आदि बन पैदावारको प्रशोधन गरि कम्पोजिट उड, फिङगरजोन्ट, काठको सिजिनिङ र उपचार समेत गरिने छ ।”
बनबाट रोजगारीका अवसर सिर्जना गर्दै सामुदायिक वनलाई आत्मनिर्भर हुनेतर्फ उन्मुख हुने आधार बन्ने बताउँदै उनले यस अभियाले एक वन एक उद्यम अभियानलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सामुदायिक बन उपभोक्ता महासंघ गण्डकीका सचिव किश्वर सापकोटाका अनुसार महासंघको लामो संघर्षको कारण बैज्ञानिक वन पद्धति खारेज गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्न बैठकले सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।
प्रदेश महासंघको परिषद बैठक आगामी फागुन २५ गते गर्ने समेत निर्णय गरेको बताउँदै उनले त्यसका लागि महासंघका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरु र स्थानीय महासंघमा आवद्ध सम्पूर्णको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
विश्वव्यापी महामारिको रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि क्वारेन्टिन, आइसोलेसन निर्माण तथा नगद र खाद्यान्न राहत उपलव्ध गराएर सरकारलाई महत्वपूर्ण योगदान गरेकोमा त्यस्ता सामुदायिक वन समूहलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
शुल्य तथा न्यून आय भएका बन समूहलाई वन पैदावार निकासीमा कर छुट दिनुका साथै समुहको उत्थानको लागि सरकारी अनुदानको व्यवस्था गरिनु पर्ने र आर्थिक अवस्था राम्रो भएका बन समुहले बन पैदानवार बिक्रीको कुनै एक तहमा मात्र कर बुझाउने व्यवस्था सहितको प्रदेश बन ऐन निर्माण गर्न सरकारसंग बैठकले जोडदार माग गरेको छ । प्रदेश र स्थानीय तहले दोहोरो कर लिने व्यवस्थाको अन्त्य हुनु पर्दछ ।
महासंघका प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आर्थिक एवम् महासचिव रत्ना घिमिरेले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको बैठकले प्रदेश अन्तर्गतका सामुदायिक वन समुहको अवस्थाकावारेमा अध्ययन अवलोकन गरि थप आयआर्जका गतिविधि सञ्चालन गर्न प्रेरित गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो