पोखरा । विश्व सिमसार दिवस (फेब्रुअरी २) को अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराले मंगलबार साइकल र्याली आयोजना गरेको छ । कार्यालयले फेवातालदेखि गुँदेतालसम्म साइकल ¥याली गरेको हो ।
र्यालीमा साइकल सिटी पोखराको सक्रिय सहभागिता थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का कर्मचारी, स्थानीय, विभिन्न साइकल यात्री र्यालीमा सहभागी थिए । विश्व सिमसार दिवसको यस वर्षको नारा ‘पानी र सिमसार ः जीवनको अभिन्न आधार’ रहेको छ ।
सम्पर्क कार्यालय प्रमुख अमृत शर्माले रामसार सूचीमा सूचीकृत पोखराका ९ वटा ताललाई जोड्ने गरी साइकल ट्र्याक बनाउन जोड दिने उद्देश्यले र्यालीको आयोजना गरेको बताए । सिमसार क्षेत्र संकटमा पर्दै गएको अवस्थामा स्थानीयमा जनचेतना बढाउन र्यालीले सहयोग पुगेको उनको भनाइ छ ।
सौन्दर्यीकरणका नाममा सिमसार मास्दा जलीय पारिस्थितिकीय प्रणालीमै असर परेको उनी बताउँछन् । तालमा माछापालन गर्दा अध्ययनपछि मात्रै जलचर, जलीय वनस्पतिलाई असर नगर्ने प्रजातिका माछा पाल्नुपर्ने उनको तर्क छ ।
‘तालमा डुंगा चलाएरै, माछा पालेरै पैसा कमाउनुपर्छ भन्ने मानसिकता स्थानीयमा छ,’ उनी भन्छन्, ‘सिमसारमा हुने चरा अवलोकन लगायत अन्य पर्यापर्यटनबाट पनि स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन सकिन्छ ।’ सिमसारमा प्लटिङ गर्न, वरिपरि सडक खन्न रोक लगाउने, उपल्लो तटीय क्ष्ँेत्रको खेतबारीमा रासायनिक मल र किटनासक औषधि प्रयोगमा निषेध गर्ने लगायत कार्य स्थानीय तहले गर्नुपर्ने उनको सुझाव छ ।
¥यालीमा सहभागी जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले संरक्षणका कार्यक्रममा प्रहरीको पनि साथ रहने बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो