पोखरा – पोखराको टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुको अखेटोपहार बेवारिसे अवस्थामा फेला परेको छ ।
पोखरा महानगरपालिका वडा नं -१५ स्थित संस्थानको प्रयोगशाला भवनको प्रयोगशालामा राखेको वन्यजन्तुको अखेटोपहार चोरी भएको स्थानबाट अन्दाजी ४०० मिटर पश्चिम तर्फ बनपाले जंगलघाटको पँधेरोस्थित प्लाष्टिक, जुटको बोरा र कालो झोला भित्र बेवारिसे अवस्थामा चितुवाको छाला चार थान, चितुवाको दाँतहरु, हाड, चितुवाको दाह्रा २ थान लगायत हड्डीहरु फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उक्त अखेटोपहार चोरी गर्नेको पहिचान नभएपनि बरामद गरिएको उक्त समान वडा प्रहरी कार्यालय रामबजारमा ल्याएर थप अनुसन्धान गरिनुका साथै चोरीमा संग्लग्नहरुको खोजतलास भैरहेको प्रवक्ता प्रवक्ता हमालले जानकारी दिए ।
स्मरणिय छ, गत माघ ९ गते शुक्रबार राति वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको, हड्डी लगायत वन्यजन्तुका बहुमूल्य सामान चोरी भएको थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा