कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक एक अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी विश्व बैंकको मापदण्डअनुसारको नमूना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको शहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का बारेमा छलफल आयोजना गरेर डिपिआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने जनाएको छ । सो सडकको दायाँबायाँ साइकल ट्रयाक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इञ्जिनीयर नवराज बोहोराले जानकारी दिए ।
उनका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको बनाइने छ । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले प्रति किमी लागतका हिसाबले सो सडक यहाँ बनेका सडकमध्येमा सबैभन्दा महँगोे रहेको बताए । आगामी दुई महिनाभित्रमा बोलपत्र आह्वानलगायतका सबै प्रक्रिया शुरु गरेर यसै आर्थिक वर्षभित्र निर्माण शुरु गर्ने योजना रहेको इञ्जिीनियर काफ्लेले जानकारी दिए ।
आगामी दुई वर्षभित्रमा सडक निर्माण गरिसक्ने योजना छ । विश्व बैंकको मापदण्डअनुसार रहेकाले लागत बढी भएको बताइन्छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले वर्षौंदेखिको सपना पूरा हुन लागेको र सडक महानगरको नमूना र गौरवको सडक बन्ने बताए । सडक निर्माणपछि बेगनासताल क्षेत्रको पर्यटकीय सम्भावनासमेत बढेर बताउँदै उनले लामो समयको प्रयासपछि विश्व बैंकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको उल्लेख गरे ।
सडक विस्तार गर्ने क्रममा खानेपानी, विद्युत् र टेलिफोन स्थान्तरणको कार्यमा सम्बन्धित कार्यालयले महानगरको सरसल्लाहमा मात्र गर्नुपर्ने प्रमुख जिसीले बताए । प्र्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, शहरी शासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरिया, महानगरका शहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारी लगायतले महानगरको नमूना सडकलाई छिटो सम्पन्न गर्न सबैबाट सहयोगको आवश्यकता रहेकामा जोड दिएका छन् ।
महानगरपालिकाले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर, प्रदेश सरकार तथा डिभिजन सडक कार्यालयको संयुक्त लगानीमा अहिले पोखराको २५ किमी शहरी सडक ‘अस्फाल्ट’ कोलोपत्रको काम भइरहेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो