पोखरा – कोरोना जोखिम भत्ता नपाएको भन्दै पोखरा -१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् ।
कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि अस्पतालका झन्डै ८० जना बढी स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका हुन् ।
अस्पतालका सुचना अधिकृत लक्ष्मण पौडेलका अनुसार अस्पतालले दिने सेवामा कुनै अवरोध नहोस भनेर आइतबारदेखि दैनिक आधा घण्टा अस्पताल परिसरमा ध्यानाकर्षण स्वरूप नारावाजी गरिएकोमा बुधबारदेखि पनि सम्बन्धित निकायले सुनुवाइ नगरेमा थप आन्दोलनका कार्यक्रमबारे छलफल गरिने जानकारी दिए ।
गण्डक न्युजसंग संक्षिप्त कुरा गर्दै पौडेलले भने, ” हामीले महामारीको समयमा पनि आफ्नै स्टाफसमेत सक्रिय रुपमा कोरोना संक्रमित भएको अवस्थामा विरामीलाई सेवा दियौं, हाम्रो माग निर्देशिका अनुसार दिने भनिएको कोरोना जोखिम भत्ता दिईयोस् ।”
आन्दोलित चिकित्सक तथा कर्मचारीले अस्पताल परिसरमा कोरोना जोखिम भत्ता पाउनैपर्छ, भेदभावपूर्ण व्यवहारको अन्त्य गर, हाम्रो माग पूरा गर, लगायतका नारा लगाएका थिए ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते