पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीको रोहबरमा मङ्गलबार पोखरामा स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै नापतौलका सामान पुनः प्रमाणित गरिएको हो ।
भाँडा व्यवसायीले आफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए। उद्योगी-व्यवसायी पनि उपभोक्ता नै भएको स्मरण गर्दै उहाँले सामाजिक संस्थाका रूपमा पोखरा उद्योग वाणिज्य सङ्घ सदैव उपभोक्ताको हितमा रहेको बताए।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, कपडा एशोसिएशन पोखरा र पोखरा भाँडा व्यवसायी सङ्घको संयुक्त आयोजनामा गरिएको परीक्षण कार्यक्रममा व्यवसायीले आफ्ना नापतौलका सामान चुस्तदुरुस्त बनाएको भन्दै सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले सबैलाई धन्यवाद व्यक्त गरे व्यवसायीलाई नापतौल कार्यालयमै पुगेर पनि आफ्ना सामान चुस्त र दुरुस्त बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख तिलक केसी, रुघुनाथ पौडेल, विपिन पुरीलगायतले नापतौलका सामान अद्यावधिक गरेका हुन् । । पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेले नापतौलका सामान चुस्तदुरुस्त राख्न व्यवसायीलाई आग्रह गर्दै सङ्घ सदैव स्वच्छ व्यवसायीको पक्षमा रहेको उल्लेख गरे ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो