देशमा पछिल्लो समय महिलामाथि भइरहेका बलात्कारसहितका हिंसाका घटनाविरुद्ध वसन्तपुरदेखि भद्रकालीसम्म मार्चपास गरिएको छ। महिलामाथिका हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतीकात्मक शवसहित वसन्तपुरदेखि भद्रकालीसम्म मार्चपास गरेको हो।
महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्च पासमा सहभागीहरुले आक्रोश पोखेका छन्। उनीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए। सेतो धोती लगाएर टाउकोमा पनि सेतो कपडा बेरेका युवाहरुले प्रतीकात्मक शव बोकेर शव यात्रामा निस्किएका थिए।
यो मार्च पासमा अधिकांश सहभागी महिला र किशोरीहरु थिए। हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतीकात्मक शव र मलामीसहित उनीहरुले मार्च पास गरेका हुन्। कालो कपडा लगाएर मार्चमा सहभागी महिलाले सरकारले हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटना बढ्दै गएको भन्दै आक्रोश पोखेका छन्।
उनीहरुले प्रतीकात्मक रुपमा शवयात्राका क्रममा एकोहोरो शंख बजाउँदै प्रतिनिधिसभा विघटनको पनि विरोध गरेका थिए। वसन्तपुरदेखि अघि बढेको यो जुलुस न्युरोड गेट, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा आएर निषेधाज्ञा क्षेत्र नजिकै कोणसभामा परिणत भएको थियो।
यो मार्चपासमा सहभागीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायत न्याय मागेका थिए। यस कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी र राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी पनि सहभागी थिए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने