कास्की स्थित लेखनाथका युवा उद्यमी विजय पराजुलीको संयोजकत्वमा साझा युवा संगठनको २५ सदस्यीय कास्की जिल्ला समिति घोषणा भएको छ। शुक्रबार घोषणा गरिएको जिल्ला समितिको सह-संयोजकमा दिपा अर्याल रहेकी छन्।
जिल्ला सदस्यहरूमा इनोक लामिछाने, रमेश पराजुली, सागर पौडेल, बिक्रम सापकोटा, शिरीष ढकाल, खगेन्द्र आचार्य, तिलक क्षेत्री, विस्वास सापकोटा, इश्वर नेपाली, सागर गजमेर, शुशिला पाठक, बिकास सुनार, राजिव वि क, रमेश सापकोटा, मिनराज आचार्य, बिराट पराजुली, सुदिप जम्मरकट्टेल, सुशील गौतम, सुशील श्रेष्ठ, शिव क्षेत्री, अनिष राज पौडेल, आर्यन नारायण शाह, अमृत कार्की र बवि जि.सि. रहेका छन्।
साझा युवा संगठनका केन्द्रीय संयोजक अब्दुस मियाँ, महासचिव सरोज गौतम, विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारी लगायतका नेताको उपस्थितिमा सो समिति घोषणा भएको छ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।
उर्जाशील, इमान र क्षमता भएका युवाहरू समेटेर बनेको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ