२६ औं जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिले शनिबार साँझ दीप प्रज्वलन गरेको छ । क्याम्पस गेटमा जम्मा भई विद्यार्थीले जनयुद्धका क्रममा ज्यान समर्पण गर्ने सहिदलाई स्मरण गर्दै मैन बत्ती बालेका हुन् ।
दीप प्रज्वलनपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य राजन शर्मा पराजुलीले सहिदको बलिदानी पश्चात् प्राप्त उपलब्धिलाई कुल्चँदै केपी शर्मा ओली अघि बढेको भन्दै सहिदको रगत र आत्माको श्रापले सुख नदिने बताए ।
‘सच्चिनुस्, सत्ताको मातमा सहिदको सपना लत्याउनुहुन्छ भने सडकमा ल्याउनु नपरोस् । यो सन्देश प्रचण्ड र माधव नेपाललाई पनि हो । तपाईंहरु भोलि सत्तामा पुगेर पनि यस्तै नगर्नुहोस् । सहिदका सपनामाथि कुठाराघात गर्नुहुन्छ भने सबै विरुद्ध अनेरास्ववियुले आवाज बुलन्द गर्नेछ ।’ – उनले भने ।
कार्यक्रममा सहिद परिवारका तर्फबाट विद्यार्थी नेता त्रिदीप गुरुङले मुलुक परिवर्तनका लागि सहिदहरुले आफ्नो ज्यान दिएपनि अहिले नेताहरुले मुलुक र जनताप्रति गद्धारी गरेको बताए ।
पार्टीका स्याङ्जा जिल्ला कमिटि सदस्य टीकाराम नेपाली, कास्कीका आमन्त्रित जिल्ला सदस्य नारायण बास्तोला लगायतले बोलेका थिए । अनेरास्ववियू कास्की जिल्ला सहसंयोजक बसन्त भट्टचन, पृथ्वीनारायण क्याम्पस कमिटि कार्यवाहक अध्यक्ष सन्तोष न्यौपाने, विद्यार्थी नेता प्रेम बुढा मगर लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन