पोखरा नदिपुर स्थित न्यू ग्यालेक्सी माविमा अध्ययनरत १७ वर्षीया अन्वेशा पौडेलको दुर्घटनामा निधन भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा हिजो भएको मोटरसाइकल दुर्घटनामा उनको निधन भएको हो । चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा सो दुर्घटना भएको हो । उनको घर लमजुङको मध्यनेपाल नगरपालिका ६, भोर्लेटार हो ।
शनिबार बिहान ८ बजे ना १९ प ९२४ नम्बरको मोटरसाइकलाई आफ्नै दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ को ग्यास बुलेटले ठक्कर दिएकोमा मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ग ३ च २०८४ नं. को कारमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने अन्वेशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक चितवन भरतपुरका ५१ वर्षीय युवराज घिमिरे सामान्य घाइते भएका छन् ।
यसैबीच, शनिबार नै पोखरा २५ याम्दीमा ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् । ध १ ज ९८८ नं. को ट्याक्सी र ग १७ प ९१६२ नं। को स्कुटर ठोक्किँदा स्कुटर चालक स्याङ्जा पुतलीबजार ९ लामागेका ४० वर्षीय श्रीकृष्ण भण्डारी घाइते भएका हुन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जनाए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’