पोखरा । ‘क्यानभासमा बाल मनोविज्ञान’ गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ हुने भएको छ ।
इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ हुने भएको हुने भएको हो । प्रतियोगिता २ चरणमा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । जसको लागि पहिलो चरणमा प्रतियोगितामा सहभागी हुन प्रतियोगीले थिएटरको वेबसाइट www.indrenitheater.com.np मा आफ्नो चित्र दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीले सम्पूर्ण चित्रहरु यही फागुन २५ गतेसम्म दर्ता गर्नुपर्ने छ । त्यसपश्चात् प्रथम चरणमा पठाइएको चित्रबाट आयोजकले उत्कृष्ट १० जना प्रतियोगी छनौट गर्ने लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका अध्यक्ष सुनिल कुमार ठाकुरले बताए ।
पहिलो चरणमा छानिएका उत्कृष्ट १० प्रतियोगीले दोस्रो चरणमा कार्यक्रम स्थलमा चित्र कोर्न लगाउने आयोजकको भनाई छ । जसबाट निर्णयकले मुल्यांकन गरेर विजेता रोजिनेछ । त्यस्तै, चित्रकलाको प्रथम चरण ‘बाल अधिकार’ समाज निर्माणको आधारमा र दोस्रो चरणमा ‘वातावरण–जीवनको आधारशील’ विषयमा केन्द्रित रहनुपर्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार १ हजार रहेको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो