पोखराको लेकसाइडमा शुक्रबार र शनिबार साँझ समयमा गाडी गुडाउन नपाइने

पोखराको लेकसाइडमा शुक्रबार र शनिबार साँझ समयमा गाडी गुडाउन नपाइने

Fewataal

पोखरा, १ चैत । पोखराको लेकसाइड क्षेत्र अर्को हप्ताबाट सवारी निशेधित क्षेत्र (नो भेहिकल जोन) बन्ने भएको छ ।

वडा प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र लेकसाइडको पहलमा विहीबार भएको सर्वदलीय/सर्वपक्षीय भेलाले लेकसाइडको हल्लनचोकदेखि बाराही चोकसम्मको क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णय गरेको हो । शुक्रबार र शनिबार अपराहृन ५ बजेदेखि राति ११ बजेसम्म ‘नो भेहिकल जोन’ बनाउने निर्णय गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।

५ वर्ष पहिले पनि लेकसाइडलाई नो भेहिकल जोन बनाइएको थियो । त्यतिबेला बुलौंदी उकालोदेखि हल्लनचोक, बराहीचोक, आम्बोट हुँदै बैदाम प्रहरी कार्यालय नजिकको ओरालोसम्मको क्षेत्राई नो भेहिकल जोन बनाइएको थियो । तर, उक्त निर्णय ६ महिना पनि टिकेन ।

अहिले भने हल्लनचोकदेखि बाराहीचोकसम्मको करीब एक किलोमिटर क्षेत्रमा नो भेहिकल जोन बनाउने निर्णय भएको छ । निर्णय कार्यान्वयन गरेरै छाड्ने सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए ।

पर्यटन प्रवर्द्धनसहित लेकसाइड आएका पर्यटकलाई शान्तसँग बस्नसक्ने वातावरण निर्माणका लागि नो भेहिकल जोन बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

नो भेहिकल जोन बनाउने अभियान फेरी असफल नहोस् भनेर पार्किङ ब्यबस्थापन चुस्त बनाउने प्रयास भइरहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिकृष्ण पहारीले जानकारी दिए ।

उनका अनुसार नो भेहिकल जोन लागू भएको दिन हल्लनचोक नजिक क्याम्पिङचौरमा पार्किङ गर्ने ब्यबस्था गरिएको छ भने बाराहीचोक क्षेत्रमा बाराही मन्दिर प्रवेश द्वारदेखि फेवाताल किनारसम्मै पार्किङ क्षेत्र तोकिएको छ । उक्त दिन हल्लनचोक पुगेका सवारीसाधन त्यहिंबाट पुनः फर्काउनको लागि डाइभर्सनको व्यवस्था गरिने र बाराही चोक क्षेत्रमा नजिकको पिपलबोटमा रोकेर पुनः र्फकने गरी व्यवस्था मिलाइएको सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष पराजुलीले बताए ।

सवारी चापका कारण पर्यटकले हैरानी खेप्नुपरेको, सवारी साधनको हर्नका कारण ध्वनी प्रदुषणले पर्यटक दिक्क भएकाले त्यसको उन्मुक्तीका लागि लेकसाईडकलाई शान्त बनाउन नो भेहिकल जोन लागू गर्ने तयारी गरिएको पराजुलीले बताए ।

  • सन्देश श्रेष्ठ/अनलाइनखबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ