गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २००७ सालको क्रान्तिको प्रतिफल स्वरुप प्राप्त प्रजातन्त्रकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुगेको बताए छ ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले १०४ वर्षीय जहानीयाँ निरङ्कुश राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण अग्रजप्रति उच्च सम्मान प्रकट गरे हो ।
मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा भनेका छन्, “संविधानको मर्म र भावनाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गराउँदै सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सक्दा नै प्रजातन्त्र दिवसको अर्थपूर्ण स्मरण हुनेछ ।”
यो ऐतिहासिक दिनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न उच्च प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताउँदै सन्देशमा उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरे ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन