कमला राना मगर- बर्दघाट सुस्ता पुर्व नवलपरासीको कावासोतीमा विद्यालयको मुल गेट पल्टदा गेटले च्यापिएर एक जना बालिकाको आज मंगलबार विहान घटना स्थलमै मृत्यु भएको छ ।
कावासोति नगरपालिका वडा नम्बर ५ स्थीत कालिका माध्यमिक विद्यालयको मुल गेट पल्टदा सोहि विद्यालयको कक्षा ३ मा अध्ययनरत १० वर्षीय बालिका गमित्रा सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
मृतक बालिका पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ घर भई हाल कावासोती ५ मा बस्दै आएका मुक्तबहादुर सिंजालीकी छोरी रहेकी छिन ।
विद्यालयको बार्षिकोत्सवको तयारी भईरहेको अवस्थामा एक्कासी घटना घटेको थियो । बालिकाको निधन भएपछि विद्यालयको बार्षिकोत्सव रोकिएको विद्यालयका प्रध्यानध्यापक लेखराज पोख्रेलले बताएका छन् ।
त्यसैगरी सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
करिब ७ बर्ष पुरानो गेट बेलैमा मर्मत नगर्दा घटना भएको र घटना लगतै बालिकालाई उपचारका लागि अस्पतालसम्म नपुर्याउदा मृत्यु भएको भन्दै बालिकाको आफन्तले विद्यालयप्रति असन्तुष्टी प्रकट गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण