भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खबर सुन्दा रोग नै हराएझैँ भएको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ। उक्त फैसलापछि भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको बताए।
‘कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो।हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!,’ भट्टराईले भनेका छन्।
भट्टराई स्वास्थ्य उपचारका लागि केही दिनदेखि भारतमा छन्।
जसपाले भन्यो- सर्वोच्चबाट संविधानवाद्को रक्षा
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाले संविधानवाद्को रक्षा भएको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीको गलत कदमलाई दण्डित गर्दै लोकतन्त्रको रक्षा भएको बताएका हुन् ।
‘सर्वोच्च अदालतले प्रधानमन्त्रीको गलत कदमलाई दण्डित गर्दै संविधानवादको रक्षा गरेको छ,’ उनले भने । अब बस्ने संसदले मुलुकको आगामी राजनीतिक बाटो तय गर्ने यादवको भनाई छ ।
सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको छ ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह