काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन बदरको फैसला गरेको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिन । ओलीलाई अदालतले जन्मदिनमा नमिठो उपहार दिएको छ ।
संसद् पुनःस्थापना भएको खुसीमा एकातिर दीप प्रज्ववलन भइरहेको छ भने अर्कोतिर सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नाचगान कार्यक्रम भइरहेको छ । कार्यक्रममा कोमल ओलीले फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई बोलको गीत गाएकी छन् ।
चुनावको घोषणा गरेका ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला नगर्न अदालतलाई चेतावनी समेत दिएका थिए । यद्यपि, उनले त्यसो नभनेको प्रतिक्रिया दिए । तर, फैसला ओलीको विपक्षमा गयो । त्यो पनि ११ फागुनमा । ओली ७० औं जन्मदिन मनाइरहँदा ।
जन्मदिनमै फैसला आफ्नो विपक्षमा आएपछि ओलीका सामु अब तीन विकल्प मात्र बाँकी छन् । पहिलो राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, संसदबाट अविश्वासको प्रस्तावको सामना गर्ने या संकटकाल घोषणा गर्ने । तर, तीनवटै विकल्प उनका लागि सजिलो भने छैन ।
अदालतको फैसलासँगै प्रधानमन्त्री ओली आफू निकटसँग छलफलमा
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
अदालतको फैसलासँगै आगामी कदमबारे धारणा बनाउन केही मन्त्रीहरुलगायत नेताहरु बालुवाटारमा छलफलका लागि सहभागी भएको बताइएको छ । उता प्रचण्ड माधव पक्ष भने उत्साहित देखिएका छन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु