काठमाडौँ : संघीय सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले सर्वाेच्चले संवैधानिक सर्वाेच्चता कायम गरेको पनि बताए ।
‘संवैधानिक सर्वाेच्चता कायम गरेको छ । अदालतप्रति विश्वास बढेको छ । यो निकै महत्वपूर्ण परिघटना बनेको छ । नेपालका सर्वाेच्च अदालतले इतिहासका खासखास बेलामा यस्तै निर्णय गर्ने गरेको छ,’ उनले भने, ‘पुस ५ मा मर्माहत भएको थिएँ । प्रतिनिधि सभाको सभामुखको हैसियतले, नागरिकको हैसियतले । संविधानमाथि प्रहार हुँदा । आज पुनर्स्थापनाको पक्षमा निर्णय भएकोमा म आज असाध्यै खुसी भएको छु ।’
उनले अदालतले नेपाली जनतालाई पुन एकजुट बनाएको प्रतिक्रिया दिए । उनले प्रतिनिधि सभाको कार्यसूचीबारे भने फैसलाको पूर्ण पाठ अध्ययन गरेर मात्रै अघि बढ्ने बताए ।
उनले नेकपाको विवादको विषयमा सर्वाेच्चले स्पष्ट पारिसकेकोले संसदमा समस्या नहुने पनि बताए । ‘सर्वाेच्च अदालतले निकासको बाटो खोलेको छ । नेकपा विवादको विषयमा जटिलता आउँदैन । सर्वाेच्चको निर्णयले स्पष्ट ढंगले दिशानिर्देश गरेको छ’ उनले भने ।
सम्बन्धित खबर
एमालेमा फर्किन चाहन्छु, आत्मालोचना गरिसकेँ: बामदेव गौतम
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग