सभामुख सापकोटा – ‘पुस ५ गते मर्माहत भएको थिएँ, आज खुसी छु’

सभामुख सापकोटा – ‘पुस ५ गते मर्माहत भएको थिएँ, आज खुसी छु’

Agni_Sapkota_RSS

काठमाडौँ : संघीय सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले सर्वाेच्चले संवैधानिक सर्वाेच्चता कायम गरेको पनि बताए ।

‘संवैधानिक सर्वाेच्चता कायम गरेको छ । अदालतप्रति विश्वास बढेको छ । यो निकै महत्वपूर्ण परिघटना बनेको छ । नेपालका सर्वाेच्च अदालतले इतिहासका खासखास बेलामा यस्तै निर्णय गर्ने गरेको छ,’ उनले भने, ‘पुस ५ मा मर्माहत भएको थिएँ । प्रतिनिधि सभाको सभामुखको हैसियतले, नागरिकको हैसियतले । संविधानमाथि प्रहार हुँदा । आज पुनर्स्थापनाको पक्षमा निर्णय भएकोमा म आज असाध्यै खुसी भएको छु ।’

उनले अदालतले नेपाली जनतालाई पुन एकजुट बनाएको प्रतिक्रिया दिए । उनले प्रतिनिधि सभाको कार्यसूचीबारे भने फैसलाको पूर्ण पाठ अध्ययन गरेर मात्रै अघि बढ्ने बताए ।

उनले नेकपाको विवादको विषयमा सर्वाेच्चले स्पष्ट पारिसकेकोले संसदमा समस्या नहुने पनि बताए । ‘सर्वाेच्च अदालतले निकासको बाटो खोलेको छ । नेकपा विवादको विषयमा जटिलता आउँदैन । सर्वाेच्चको निर्णयले स्पष्ट ढंगले दिशानिर्देश गरेको छ’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds