संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । मंगलबार सर्वोच्चले संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि फैसलाको स्वागतमा दीप प्रज्वलन गरिएको हो ।
पोखराको पृथ्वीचोकमा दाहाल–नेपाल समूहका नेता, कार्यकर्ताहरूले सर्वोच्चको निर्णय स्वागतयोग्य, संवैधानिक र व्यवस्थाको बचाउमा रहेको भन्दै दीप प्रज्वलन गरेका हुन्। उनीहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।
दिप प्रज्वलन कार्यक्रममा सहभागी नेता धनराज आचार्यले सर्वोच्च अदालतले फैसलाले प्रधानमन्त्री ओलीले गरेको गलत निर्णयलाई सच्याएको प्रतिक्रिया दिए । उनले अदालतको यस फैसलाले राजनीतिमा नयाँ ध्रुवीकरण भएको बताए ।
यस्तै, अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिको आयोजनामा संसद विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेको खुशीयालीमा दीप प्रज्वलन गरिएको कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।
यस्तै, अनेरास्ववियू ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा पनि सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरिएको अध्यक्ष अंकित पौडेलले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाएको थियो । प्रतिनिधि सभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो ।

सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ