कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण

कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण

apanga

नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख माननिय सृजना शर्माले मानिस जन्मदा जस्तो जन्मिए पनि कसैको क्षमतालाई सम्मान गर्नु पर्ने बताउदैं नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले गरेको काम सम्मानजनक रहेको जनाए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले सधै सहयोग गर्ने र व्यक्तिगत रुपमा आफुले पनि  सधै सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा सहयोगी संस्था राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका उपाध्यक्ष सुमन भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिमहरु दिईरहेको बताउदै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाइ विभिन्न सामनग्रीहरु पनि सहयोग गर्दै आएको जानकारी दिए । उनले पोखरामा सहयोगका लागि फेरी फेरी पनि आउने बताए ।

नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व नभएकाले आफुहरुको गुनासो सुनिदिने कोही नभएको जानकारी दिए । उनले समाज घरपरिवारबाट अपहेलित हुनु परेको बताउदैं नीति बनाउने ठाँउमा आफ्नो प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । नेपाल अपाङ्ग समाज सेवा संघले अहिलेशिक्षा , आयआर्जन र सिप विकासमा जोड दिएको जानकारी दिए ।

उक्त कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका सह कोषाध्यक्ष प्रेम पहाडि, समाजसेवी गोपी तुलाचन, व्यवसायी दुर्गा श्रेष्ठ, समाजसेवी प्रकाश शर्मा, समाजसेवी दामोदर शर्मा लगाएतले नेपाल अपाङ्ग समाज सेवा संघले राम्रो काम गरेको र यस्ता काममा सबैले साथ दिनु पर्ने बताएका छन् ।
नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका सदस्य प्रकाश सुचिकारले र सञ्चालन रुपा केसीले गर्नु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds