कास्की क्षेत्र नम्बर १ मा नेवि संघको संगठन विस्तार गरिएको छ । जनता माध्यमिक विद्यालय रूपा ३ मा १३ सदस्यीय समिती गठन गरिएको हो ।
उक्त समितिको अध्यक्षमा वर्षा कुमाल, उपाध्यक्ष समीर कुमाल, सचिबमा सफल माल चयन भएका छन् । यसैगरि समितिको सहसचिबमा सागर कुमाल, कोषाध्यक्षमा सुष्मिता सुबेदी यस्तै, सदस्य हरूसन्दीप सुवेदी, सन्देश माल, रेजीना परियार, रितेश कुमाल, बिशाल गुरुंङ, रोशन कुमाल, निरज बञ्जारा, कुसल नेपाली रहेका छन् ।
नेबिसंघ कास्की १ का क्षेत्रीय सभापति सागर रानाभाटको सभापतित्व मा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रूपा ३ का सभापती बाबुराम ओझा रहेका थिए ।
उनले मन्तव्यको क्रममा सर्वोच्च अदालतले फागुन ११ गते गरेको संसद पुर्नस्थापनाको फैसलालाई स्वागत गर्दै जित न्यायको पक्ष्मा भएको बताए ।
न्यायलय नमरेको जिकिर गर्दै उनले यो सन्देश गाऊँ सम्म आएको जनाए । युवा विद्यनर्थी लाई पार्ट्री र गलत शासक को झण्डा र मतियार नभै राष्ट्र निर्माण मा सिर्जत्मक र रचनात्मक कार्य गर्न आग्रह गर्दै पुरानो र जनता को प्रिय पार्ट्री कांग्रेसमा निस्वार्थ अब को पुस्ता लाई नेबिसंघ रोज्न उनको आग्रह थियो।
अतिथिमा नेका रूपा ३ सचिब नवराज ढुंगाना, नेबिसंघ नेता मान प्रधान, राजीव भण्डारी रहेका थिए । कार्यक्रम सञ्चालन नेवि संघ नेता निरोज लामिछानेले गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो