‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेको हो ।
विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिच्नु भएका दुई हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ । प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए ।
सजिलै हाड भाँचिने रोग ९ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई० बाट पीडित आप्mनै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पु¥याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाएका थिए ।
एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गर्नुभएको फोटोले दिएको थियो ।
फोटोमाध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भने, “सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु । ” फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आप्mनो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ