प्रतिनिधिसभाका सांसदहरुले विघटित अवधि (पुस ५ देखि फागुन ११) सम्मको सबै तलब भत्तासहित सुविधा पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि सांसदहरुको तलब भत्तासहितका सबै सुविधा रोकिएका थिए।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै पुस ५ र फागुन ११ बीचको समयलाई शून्य समयुका रुपमा परिभाषित गरिदिएपछि उक्त अवधिको पनि सबै सुविधा सांसदहरुले पाउने भएका हुन्।
संसद सचिवालयका सह(प्रवक्ता दशरथ धमलाका अनुसार पुस ५ देखि फागु ११ सम्मको शून्य समयको पनि कानुन अनुसार प्रतिनिधिसभाका सबै २७५ जना सांसदहरुले पाउने भएका छन्।
धमलाका अुनसार प्रतिनिधिसभाका सबै सांसदहरुले पुस र माघको तलब भत्ता फागुनसँगै एकसाथ पाउने छन्। हामीले उहाँहरूको तलब हरेक महिनाको अन्तिममा हाल्ने गरेका थियौँ, धमलाले भने, यो पटक पुस र माघको पनि तलब फागुनको पठाउँदा एकसाथ जानेछ। तर रोकिएको तलब कति थियो भन्ने चाहिँ हिसाब निकाल्दैछौँ।
सरकारले एकजना सांसदका लागि तलब भत्तासहित करिब ६५ हजार रुपैयाँ निर्धारण गरिदिएको छ। प्रतिनिधिसभाका २७५ सांसदहरुले मासिक १ करोड ८० लाख रुपैयाँ तलबभत्ता वापत लिने गरेका छन्।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २७५ सांसदको पुस र माघको ३ करोड ७५ रुपैयाँ भुक्तानी तयारी गरेको छ। यसका लागि संसद सचिवालयले फागुनको तलबमा पुस र माघको पनि जोडेर निकासा तयारी गर्न लागेको हो।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु