पोखरा – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वर्गीय रविन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको वताएका छन् ।
स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले हरिहर गुफा सन्यास आश्रममा आयोजित सहयोग सामाग्री वितरण कार्यक्रममा वोल्दै मन्त्री गुरुङले राजनिती गर्नु ठूलो कुरा नभइ राजनिती गर्दै गर्दा जनताको मन जित्नु ठूलो कुरा भएको र त्यस्तो गुण स्वर्गीय रविन्द्र अधिकारीमा मात्र भएको वताए । मन्त्री गुरुङले सवैले राजनितिमा लागेर चुनाव जितेर सांसद र मन्त्री हुदैमा जनताको मन जित्न र जनताले चिन्न नसक्ने वताउदैे रविन्द्र अधिकारी जनताको मन जित्न सफल नेता समेत रहेको वताए ।
तत्कालिन समयमा निर्दलिय निरंकुश ब्यवस्था भएको समयमा राजनितीमा होमिने क्रान्तिकारी निडर नेताको रुपमा रविन्द्र अधिकारीलाई आफुले चिन्ने गरेको वताउदै मन्त्री गुरुङले तत्कालिन समयमा नेकपा माले हुदाखेरी रविन्द्र अधिकारी मालेको विद्यार्थी संगठनमा आवद्ध भएर राजनितीमा लागेको र सोही समयमा आफ्नो भेट रविन्द्र अधिकारी संग भएको वताउदै विद्यार्थी राजनितीबाट राजनितीमा लागेका अधिकारी कहिल्यै पछाडि फर्किनु नपरेको वताए ।
निर्दलिय ब्यवस्था रहेको वेलामा राजनिती कसैले मन नपराउने गरेको र निरंकुश ब्यवस्था भएका कारण जेल जानुपर्ने शासकहरुले विभिन्न तवरको दुख दिने र दुख खेप्नुपर्ने त्यो वेला कम्युनिष्ट आन्दोलनमा लाग्ने र आकर्षित हुने ब्याक्ति मध्ये रविन्द्र अधिकारी भएको गुरुङको भनाइ थियो । सो अवसरमा वोल्दै हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुन खत्रीले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले प्रदान गरेको सहयोग सामाग्रीले आश्रममा रहेका वृद्धवृद्धा र विद्यार्थीहरुलाई राहत पुग्ने वताउदै सहयोग प्रति आभार प्रकट गरे ।
त्यस्तै रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराइले स्वर्गीय रविन्द्र अधिकारी पर्यटन मन्त्री हुदाखेरी हरिहर गुफामा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको र सोही अनुरुप आफु पनि संघीय संसदमा पुगेपछि उक्त क्षेत्रमा सहयोग गर्दै आइरहेको र स्मृति दिवसको अवसरमा पनि सानो भएपनि सहयोग गर्न पाउदा खुसी लागेको वताइन ।
२०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका अधिकारीको स्मृति दिवसको अवसर पारी रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा सन्यास आश्रममा आश्रित बृद्धवृद्धा र विद्यार्थीहरुलाई लक्षित गरी सहयोग सामाग्री प्रदान गरिएको हो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो