पोखरा, ८ चैत / पोखराको पर्यटकीय क्षेत्र डेभिजफलमा खसेका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ । पर्वत घर भएका ईन्द्र केसीलाई प्रहरीले उद्धार गरेको हो ।
बिहादी १ का ३७ वर्षीय केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरावाट प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठको कमाण्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो ।
पातलेछाँगो हेर्न जानेक्रममा एक पर्यटकले पहरोमा अड्कीएको देखेपछि प्रहरीलाई खबर गरीएको थियो । केसी मानसिक सन्तुलन गुमाएको व्यक्ति रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
बिहान ९ बजेर ४० मिनेटमा प्रहरीलाई खबर भएपछि उद्धारमा टोली खटिएको थियो । कहिले आफूलाई समात्न लागेकाले लुक्न खोजेको, कहिले २ युवतीलाई बलात्कार गरेकाले भाग्दै आएको जस्ता बयान दिने गरेको प्रहरी स्रोत जनाउँछ । उनको स्वास्थ्य अवस्था सामान्य भएपछि घर पठाईदिने कास्की प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/zvrhGW2BN7k
भिडियो: समाचारपाटी डटकम

थप समाचार समाचारपाटी डटकमबाट
सिमित श्रोत साधनका बाबजुद उद्धार गर्नुपर्ने बाध्यता
अपतकालिन अवस्थामा खटिने उद्धार टोलीसंग प्रयाप्त श्रोत साधन नभएको विषय उद्धारमा खटीले प्रहरीले बताउदै आएका छन् । उनिहरुले आफुहरुसंग प्रयाप्त श्रोत साधन हुने हो भने अझै आत्मविश्वासका साथ काम गर्न सक्ने बताउछन् ।
उद्धारटोलीका कमाण्डर प्रहरी हवल्दार श्याम श्रीवास्तवले आफुहरुलाई उद्धारमा जाँदा श्रोतसाधनकै कारण डर मान्दै उद्धारगर्नुपर्ने बाध्यता रहेको बताउछन् । उनि भन्छन् – “पहिला पहिला डर लाग्दथ्यो तर आजकाल ड लाग्दैन, डर लाग्ने भनेको श्रोत र साधनका कारण डर लाग्ने हो ।”
उद्धारटोलीसंग प्रयाप्त श्रोतसाधन नभएका कारण नेपाल प्रहरीले पनि बेला बेला क्षति बेहोर्दै आएको छ । यस उदाहरण गत असारमा फेवा तालमाथि हर्पनमा डुबेका एक व्यक्तिलाई उद्धार गर्न गएका प्रहरी जवान बलबहादुर कुँवरको निधन भएको थियो ।
पोखराको पातलेछाँगोमा उद्धार गर्दा, सेतीमा खसेका व्यक्ति र फेवातालमा हुने विभिन्न घटनामा उद्धारका लागि जाने प्रहरीले पटक पटक श्रोत साधनको अभावका कारण आफुहरुलाई समस्या भएको बताउदै आएका छन् । बिहिबार पनि केसीको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टोलीले त्यहि समस्याका बाबजुद उद्धार गर्नु पर्यो तापनि केसीको सकुशल उद्धार गर्यो ।
यस्तो जोखिम लिएर नेपाल प्रहरीका जवान अझै कति समय उद्धार गर्छन् भन्ने प्रश्न विध्मान छ । समस्या माथि समस्या कहिले थपिने हो थाहा छैन त्यसैले समस्या समाधानका लागि वा मानीसको ज्यान बचाउन खटिने उद्धारटोलीलाई प्रयाप्त श्रोतसाधनयुक्त बनाउनु आजको आवश्यकता हो ।
उद्धारमा खटीने टिमलाई आईपर्ने समस्या भनेको घटनास्थलमा नै चिकित्सक सहितको मेडिकल हुन जरुरी देखिएको छ ।
नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखराको उद्धार टोलीमा ७ जना छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर