पोखरामा पहिलोपटक मित्र मिलन सहकारीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईन्फोडेभलपर्स प्रा.लि. सँगको सहकार्यमा सदस्यहरुलाई क्युआर कोड सुविधा सुचारु गरेको हो ।
आज एक कार्यक्रमका विच ईन्फोडेभलपर्स प्रा.लि., पोखरा शाखाका प्रमुख सुवास आचार्यले संस्थाका अध्यक्ष रमण पौडेललाई क्यूआर कोड हस्तान्तरण गरी सेवा सञ्चालन सुचारु भएको छ ।
सहकारी क्षेत्रमा विभिन्न नविनतम प्रविधि भित्राएको ईन्फोडेभलपर्स प्रा.ली का शाखा प्रमुख आचार्यले सहकारले सुरु गरेको क्यूआर कोड यस क्षेत्रको लागी नयाँ प्रविधि भएको र सहकारीलाई नगद रहित कारोबार गर्नको लागी कोशेढुङ्गा सावित हुने बताए ।
ई-सेवाका पोखरा शाखा प्रमुख विनोद बोहोराले फोनपे क्यूआर मार्फत मित्र मिलन सहकारीका ३५०० सदस्यहरुले यो सुविधा लिन सक्ने बताए ।
सहकारीले सुरु गरेको प्रविधिमैत्री क्युआर कोड सेवाले सहकारीका सेवाग्राहीलाई नगद झिक्न चेक र एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्ति दिने सहकारीका उपाध्यक्ष विजय लम्सालले बताए । उपाध्यक्ष लम्सालले क्युआर कोड सेवा छिटो,सजिलो,सरल र सुलभ भएकाले सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे ।
प्रविधि मैत्री र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए । अधिकारीले सहकारीबाट छिटै ई टेलर सुविधा पनि प्रदान गर्ने तथा निकट भविष्यमानै नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने उल्लेख गरे ।
क्यु आर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपालभरी रहेका जुनसुकै फोनपे क्युआरमा सहकारीको मोवाईल एप मार्फत भुक्तानी लिन दिन सक्नेछन् ।
यसअघि नै सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोवाईल एप मार्फत् विजुली, टेलिफोन , ईन्टरनेट , खानेपानी, ईन्सुरेन्सको विल भुक्तानी गर्ने, मोवाईलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने सेवा दिदै आएको थियो ।
यस्तै, खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने , सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, ई-सेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने , संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आईरहेको थियो ।

सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प