पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ‘विद्यार्थी विकासका लागि शिक्षासँगै खेलकुद’ भनाईलाई आत्मसाथ गर्दै पोखरा महानगरपालिकाका विभिन्न ६ वटा विद्यालयहरूलाई आवश्यक खेलकुद सामाग्री वितरण गरेको छ ।

पोखराका जनचेतन उच्च मा। वि , शिशु कल्याण मा। वि, श्री चण्डीडाँडा उच्च मा। वि, शान्ति उच्च मा। वि, श्री दामगाडे मा। वि, चण्डी उच्च मा। वि मा विद्यार्थीहरूलाई आवश्यकता अनुसार विभिन्न प्रकारका खेलकुद सामाग्री वितरण गरेको छ । स्ववियुले भलिबल, फुटबल, ब्याडमिन्टन, भलिबल, स्किपिङ लगायतका खेलकुद सामग्री वितरण गरेको हो।
संस्थापक स्ववियु सभापति आशिक गुरूङका अनुसार विद्यार्थी विकासका लागि पढाईका साथसाथै मानसिक स्वास्थ्यका लागि खेलकुदको ठूलो भुमिका हुने हुँदा विद्यार्थीहरूको आवश्यकता अनुसार खेलकुद सामाग्री वितरण गरेको बताए। उनले ूनेपालमै पढौं, नेपालमै काम गरौं र नेपाल बनाऔंू भन्ने कुरामा जोड दिन सबैलाई अनुरोध गरे।
आफूहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नो स्ववियु कार्यकाल उत्साहजनक रहेको भन्दै गुरुङले आउने दिनहरूमा पनि विद्यार्थीहरूको विकासका लागि अझै विभिन्न अभिमुखीकरण कार्यक्रमहरू आयोजना गर्ने बताए ।
स्ववियुले आफ्नै खर्चमा निःस्वार्थ भावनाले सधैँ विद्यार्थीका लागि काम गरेको र देश विकासमा लाग्ने नेताहरूले पनि यस सकारात्मक स्वार्थहीन भावनाले लागेमा भ्रष्टाचार कम हुने र देश छिट्टै विकास हुने बताए ।
गुरुङले लामो समयसम्म हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थी राजनीतिमा ठूलो सहयोग पुर्याउने कुरा व्यक्त गर्दै छिटो भन्दा छिटो नै स्ववियु निर्वाचन गराउनका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ