फेवातालको अहिले बाँध मर्मत सकिसँगै तालमा पानी भर्न सुरु गरिएको छ । गत शुक्रबारदेखि पानी भर्न सुरु गरिएको हो ।
बाह्य स्रोतबाट नभई फेवातालको मुहान हर्पन खोला र आकासे पानी नै अहिले तालको सतह पुरानै अवस्थामा फर्काउन प्रयोग गरिएको कार्यालय प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए । ताललाई पुरानै स्वरुपमा फर्काउन १ दशमलव ४५ मिटर पानी भर्नुपर्ने हुन्छ ।
पछिल्लो ५ दिनमा ० दशमलव ५ मिटर पानी भरिएको र अबको २२ दिनदेखि १ महिनामा ताल पुरानै अवस्थामा फर्किने इन्जिनियर आचार्यले बताए ।
फेवातालबाट गत २४ माघमा करिब ६ करोड लिटर पानी बगाइएको थियो । ‘पानीको सतह बढ्न सुरु भइसकेको छ । पछिल्लो ३/४ दिन पानी प¥यो । खास १५ दिनमा ० दशमलव ५ मिटर पानी बढ्नुपर्ने हो,’ उनले भने, ‘पानी परेकाले ३/४ दिनमै ० दशमलव ५ मिटर भयो । अब २२ दिनदेखि १ महिनामा पुरानै अवस्थामा फर्किन्छ ।’
२०३४ सालमा बाँधिएको बाँध पहिलोपटक ठूलो खर्चमा मर्मत गरिएको हो । तालको बाँध र सिँचाइ नहर मर्मत गर्न २ करोड रुपैयाँमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको थियो । बाँधको सामान्य मर्मत भने आवश्यकता अनुसार वर्षेनी भइरहन्छ ।

फेवातालको आकार बढाउन पहिलोपटक २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो । त्यसपछि हाल प्रयोगमा रहेको बाँध बनाइएको हो । अब २५ वर्षसम्मलाई ठूलो खालको मर्मत गर्नु नपर्ने इन्जिनियर आचार्यले बताए । ‘रेगुलर मर्मतचाहिँ २ देखि ५ वर्षमा गरिराख्नुपर्छ । पिरियोडिक मर्मत १० देखि २५ वर्षमा गर्दा हुन्छ,’ उनले भने । – समाधान दैनिकमा खबर छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन