फेवातालको ड्याम मर्मतका लागि फेवातालको पानीको सहत घटाइएकोमा बाँध मर्मतपछि फेरि भर्ने क्रम सुरु भइसकेको छ । यही बेला फेवाताललाई पुरेको माटो केही ठाउँमा निकाल्न थालिएको छ ।
गण्डकी प्रदेशको वातावरण मन्त्रालयको संयोजनमा मंगलबार फेवातालको गाईघाटबाट माटो निकाल्ने कामको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थालनी गरे ।
फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुंगा, गिट्टी, बालुवा, प्लाष्टिक लगायतका थुप्रिएको छ । निकालिएको माटोले तालबाहिरका खाल्डाखुल्डी पुर्न प्रयोग गरीने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।
फेवातालको तल्लो क्षेत्रको फिर्केखोलाले लगेर थुपारेको माटो निकाल्न थालिएको हो । फेवातालमा मिसिएको माटो १५ दिन भित्र निकाल्ने लक्ष्य रहेका फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए ।
फेवातालबाट अहिले करिब १५ हजार घनमिटर माटो निकाल्ने लक्ष्य रहेको छ । फेवातालको माटो ठाउँ अनुसार एकदेखि तीनमिटर गहिराईसम्मको माटो निकाल्ने संयोजक श्रेष्ठले बताए ।
माटो निकाल्न १ करोड ३३ लाख रुपैयाँ खर्च लाग्ने लागत स्टिमेट रहेको छ । स्काभेटरले निकाल्दा भने २५ लाख लाग्ने अनुमान छ ।
फेवातालको बाँध मर्मत सम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिकस्तरबाट फेवाको माटो र फोहोर झिक्नु पर्ने माग स्थानीयले राख्दै आएका थिए ।
फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो फेवातालमा आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ । जसका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढ्दो छ ।
फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको जनाएको छ ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन