फेवातालको ड्याम मर्मतका लागि फेवातालको पानीको सहत घटाइएकोमा बाँध मर्मतपछि फेरि भर्ने क्रम सुरु भइसकेको छ । यही बेला फेवाताललाई पुरेको माटो केही ठाउँमा निकाल्न थालिएको छ ।
गण्डकी प्रदेशको वातावरण मन्त्रालयको संयोजनमा मंगलबार फेवातालको गाईघाटबाट माटो निकाल्ने कामको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थालनी गरे ।
फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुंगा, गिट्टी, बालुवा, प्लाष्टिक लगायतका थुप्रिएको छ । निकालिएको माटोले तालबाहिरका खाल्डाखुल्डी पुर्न प्रयोग गरीने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।
फेवातालको तल्लो क्षेत्रको फिर्केखोलाले लगेर थुपारेको माटो निकाल्न थालिएको हो । फेवातालमा मिसिएको माटो १५ दिन भित्र निकाल्ने लक्ष्य रहेका फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए ।
फेवातालबाट अहिले करिब १५ हजार घनमिटर माटो निकाल्ने लक्ष्य रहेको छ । फेवातालको माटो ठाउँ अनुसार एकदेखि तीनमिटर गहिराईसम्मको माटो निकाल्ने संयोजक श्रेष्ठले बताए ।
माटो निकाल्न १ करोड ३३ लाख रुपैयाँ खर्च लाग्ने लागत स्टिमेट रहेको छ । स्काभेटरले निकाल्दा भने २५ लाख लाग्ने अनुमान छ ।
फेवातालको बाँध मर्मत सम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिकस्तरबाट फेवाको माटो र फोहोर झिक्नु पर्ने माग स्थानीयले राख्दै आएका थिए ।
फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो फेवातालमा आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ । जसका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढ्दो छ ।
फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको जनाएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ