पोखरा लेडी जेसीजले मल्टिच्याप्टर बैठक सञ्चालन एवम् संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ । संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष दिपक शाक्य रहेका थिए ।
पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु ५४ जनाको सहभागिता रहेको उक्त तालिम उपलब्धिमूलक रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा (विनिता) ले बताईन् । शर्माले यस वर्षदेखि पोखरा लेडी जेसीजमा कर्पोरेट पार्टनरबाट सहकार्यको शुरुवात गरेको समेत बताएकी थिइन् ।
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, कोषाध्यक्ष पविन्द्र भट्टराई, नेपाल जेसीज तालिम ईन्स्टिच्यूट क्षेत्र ख का संयोजक उमेश गुरुको आतिथ्यता रहेको थियो । पोखरी लेडी जेसीजकी महासचिव सुमित्रा कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक सकुन पौडेलले स्वागत मन्तव्य राखेकी थिईन् ।
लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेलले यस प्रकारको प्रशिक्षणले जेसीजका सदस्यहरुको व्यक्तित्व विकास र बैठक सञ्चालनको ज्ञान वृद्धि हुने बताए । त्यसैगरी सहभागीको तर्फबाट पोखरा जेसीजका कानून सल्लाहकार देवराज शर्मा तथा गल्याङ जेसीजका हिमा न्यौपानेले मन्तव्य राखेका थिए भने उक्त प्रशिक्षण नेपाल जेसीज तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना भएको थियो ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’