पोखरा लेडी जेसीजले मल्टिच्याप्टर बैठक सञ्चालन एवम् संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ । संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष दिपक शाक्य रहेका थिए ।
पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु ५४ जनाको सहभागिता रहेको उक्त तालिम उपलब्धिमूलक रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा (विनिता) ले बताईन् । शर्माले यस वर्षदेखि पोखरा लेडी जेसीजमा कर्पोरेट पार्टनरबाट सहकार्यको शुरुवात गरेको समेत बताएकी थिइन् ।
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, कोषाध्यक्ष पविन्द्र भट्टराई, नेपाल जेसीज तालिम ईन्स्टिच्यूट क्षेत्र ख का संयोजक उमेश गुरुको आतिथ्यता रहेको थियो । पोखरी लेडी जेसीजकी महासचिव सुमित्रा कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक सकुन पौडेलले स्वागत मन्तव्य राखेकी थिईन् ।
लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेलले यस प्रकारको प्रशिक्षणले जेसीजका सदस्यहरुको व्यक्तित्व विकास र बैठक सञ्चालनको ज्ञान वृद्धि हुने बताए । त्यसैगरी सहभागीको तर्फबाट पोखरा जेसीजका कानून सल्लाहकार देवराज शर्मा तथा गल्याङ जेसीजका हिमा न्यौपानेले मन्तव्य राखेका थिए भने उक्त प्रशिक्षण नेपाल जेसीज तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना भएको थियो ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ