म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ ।
सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ । म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुलदेखि वारीबेनीको डाडासम्म करिब ७५० मिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी निराजन खतिवडाले बताए । उनका अनुसार साढे पाँच मिटरदेखि नौ मिटरसम्म फराकिलो ठाउँमा सडक कालोपत्र गरिएको छ ।
प्रिमिक्स प्रविधिको कालोपत्र गर्न त्रिशक्ति–तिलक निर्माण सेवाले रु एक करोडमा विसं २०७५ मा ठेक्का लिएको थियो । यो आयोजनाको ठेकेदार कम्पनीको आधिकारिक प्रतिनिधि अमृतकुमार श्रेष्ठ हुन् । आगामी २०७८ जेठ मसान्तसम्म ठेक्का सम्झौताको म्याद छ । अबको सात दिनभित्र कालोपत्र सकेर सडक हस्तान्तरण गर्ने त्रिशक्ति निर्माण कम्पनीका सञ्चालक खतिवडाले बताए । यही आयोजनाअन्तर्गत वारीबेनीको डाँडादेखि आँखोलासम्म सडक विस्तार गरिएको छ ।
कुन क्षेत्रमा पिच गर्ने भन्ने अन्यौलता भएपछि एक वर्षदेखि काम रोकिएको थियो । वारीबेनीदेखि आँखोला खण्ड कालीगण्डकी कोरिडोर र वारीबेनी बजारभित्र सडक डिभिजनले कालोपत्र गर्ने निर्णय भएपछि काम अघि बढेको हो । करिब दश वर्षअघि मालढुङ्गा–बेनी सडक आयोजनामार्फत गरिएको पिच उप्किएर सडक धुलाम्मे र हिलाम्मे हुने गरेको थियो । सडकको पूरै भाग कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्ति मिलेको वारीबेनीका रामबहादुर खत्रीले बताए ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?