पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)को प्रमाणपत्र पाएको छ । क्याम्पसले आयोगबाट २०७७ फागुन १४ गते क्युएएको प्रमाणपत्र पाएको सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सबै प्रक्रियामा सफलता प्राप्त गरेकाले आयोगले २०७७ पुस १६ गते प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले आयोगबाट ५ वर्षका लागि प्रमाणपत्र पाएको हो । गुप्तेश्वरसँगै गण्डकी प्रदेशका इन्जिनिरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरा र वालिङ बहुमुखी क्याम्पसले समेत सो प्रमाणपत्र पाएका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले समेत प्रमाणपत्र पाइसकेको छ ।
क्याम्पस प्रमुख धर्मराज बरालले प्रमाणपत्र प्राप्तिका लागि आयोगले गुणस्तरका लागि तोकेको नीति, नियम, भौतिक संरचना, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मूल्यांकन प्रक्रिया, समुदायसँगको सम्बन्ध, सामाजिक संघ संस्थासँग क्याम्पसको सम्बन्ध, अनुसन्धान, पाठ्यक्रम मूल्यांकन लगायत ८ मापदण्ड पूरा गरेको जानकारी दिए ।
क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रमुख बरालले मापदण्ड तथा त्यस अन्तर्गतका १ सय २० सूचकांकको आधारमा संस्थाले स्वअध्ययन प्रतिवेदन तयार पारी आयोगका पेश गरेको बताए ।
क्याम्पसले शैक्षिक उपलब्धि प्राप्त गरेको खुसीयालीमा सोमबार झाँकी बाजागाजा भजनसहित प्रभातफेरी निकालेको छ ।पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीले पर्यटकीय क्षेत्रको जनशक्ति उत्पादन गर्न क्याम्पसले ब्याचलर अफ होटल म्यानेजमेन्टको कार्यक्रम चलाएको बताए ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खगराज शर्मा आचार्यले प्रमुख संरक्षकका रुपमा रहेको समितिले गुफाबाट आर्जित रकम शिक्षामा लगानी गर्ने नीति दिएको जानकारी दिए । कार्यक्रममा क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष ज्ञाज शर्मा वाग्ले, सञ्चालक समितिका सदस्य युवक लामिछाने लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन