काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’ को शाखा पोखरामा खुलेको छ । पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ को शाखाको मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उद्घाटन गरिन् । उनले काठमाडौंको मःमले पोखरामा आएको खुसि व्यक्त गरीन् । उनले लकडाउनका बेला अप्ठेरोमा परेकालाई सगँ सँगै खाना दिने अभियानमा लाग्न पाएकोमा खुसी व्यक्त गरीन् ।
स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले बताए । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान नगर्दै आएको मःमको पोखरामा ११ औ शाखा हो ।
पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याएका हुन् । उनीहरुले एक वर्ष पहिले नै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । ‘अहिले सञ्चालनमा ल्याएका छौं’ सञ्चालक सुनिल भट्टरार्ईले भने ‘अहिले सुरक्षाका साथै स्वाद पनि प्रदान गरेका छौं ।’
‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । करिब १ सय जना अटाउने गरी आक्रर्षक डिजाइन गरेको उनले बताए ।
जन्मदिनको पार्टी, एनिभर्सिरी पार्टी लगाएत गर्नेका लागि समेत उपयुक्त रहेको उल्लेख गरे । भट्टराईले ७ सय रुपैया भन्दा बढिको अडर गरेमा पोखरा भ्यालीमा फ्रि होमडेलिभरी सेवा समेत रहेको बताए । विहानी तथा साझँका लागि खानाका लागि लन्च बक्सको समेत सुविधा रहेको उनको भनाई छ ।

सन् २०११ देखी डल्ले मःम रेष्टुराँ आलोक योञ्जन र सुवास गौचनले सञ्चालनमा ल्याएका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।
कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालन गरि सकेको छ । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्रि गर्दै आएका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’