अष्ट्रेलिया तथा युके अध्ययनका लागि परामर्श दिंदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा “अष्ट्रेलिया एण्ड युके एजुकेसन इन्फोडे २०२१” हुँदैछ । यही चैत्र ०४ गते बुधवार ( 17 march-2021) मा हुने मेलामा अष्ट्रेलिया तथा युकेका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने नेप्कम्स सर्भिसेज पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी दिए ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस र पिटिइ तयारी कक्षाका साथै अष्टे«लिया लगायत युके, क्यानाडा, अमेरिका, न्यूजिल्याण्ड, जान चाहने विद्यार्थीहरुलाई लामो समय देखि परामर्श दिदैँ आईरहेको छ ।
सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुने उक्त मेलामा विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत राखि सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छन् उनले भने ,सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गर्ने, शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ साहीले बताए । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस,पिटिइ,गर्न चाहेमा हामीले ३०% डिस्काउण्ट अफरको पनि व्यवस्था भएको साथै मेलामा सहभागी सबै विद्यार्थीहरुलाई विभिन्न उपाहारको पनि व्यवस्था गरेका छौं शाहीले भने ।

उनका अुनसार प्लस टु, व्याचलर तथा मास्टर पास गरेका विद्यार्थीहरु एजुकेशन इन्फोडेमा भाग लिन सक्नेछन् । विशेष गरी अष्टे«लिया तथा युके जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जब आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।
अष्ट्रेलिया तथा युकेमा अध्ययन पछाडी काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि जानकारी दिईने,सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । अध्ययन पश्चात् पिआरको लागि पनि नेप्कम्स् सर्भिसेज अष्टे«लियाले सहयोग गर्नेछ शाहीले सुनाए ।
अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, वुटवल, धरान र काठमाडौंमा शाखा कार्यालयहरु रहेको छ । । नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो