पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीहरुलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ । कोभिड– १९ को संक्रमणबाट प्रभावित विभिन्न होटलका एक सय जना कर्मचारीका लागि खाद्यन्न सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्नेहरु आर्थिक रुपले प्रभावित अति विपन्न भएको संघले जनाएको छ ।
ग्रिन अम्ब्रेला युकेबाट उपलब्ध गराइएको चामल, दाल, तेल, नून लगायतका सामग्री वितरण गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजिव पहारीले समस्यामा परेका होटलका कर्मचारीका लागि राहात प्रदान गरिनु सराहनीय कार्य भएको बताए ।
संघका अध्यक्ष विकल तुलाचनले कोभिड– १९ का कारण सिंगो पर्यटन क्षेत्र नै प्रभावित भएको भन्दै यसबाट होटलका कर्मचारी समेत समस्यामा परेका कारण राहत वितरण गरिएको जानकारी दिए । पोखरा बाहेक अन्य क्षेत्रमा समेत ग्रिन अम्ब्रेलाले यसप्रकारको राहात वितरण गरेको जनाइएको छ ।
कार्यक्रम संयोजक भिक्षु सागर धम्मले राहात वितरण गरिनुको उद्धेश्यबारे प्रष्ट पारेका थिए । सो अवसरमा संघका सल्लाहकार गोविन्दराज पहारी र पोखरा– ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु