पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा संचालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो ।
संघले यसअघि नै इ–सेवा र क्युआ कोडमार्फत् सदस्यता नविकरण गर्ने व्यवस्था मिलाएको थियो । संघका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रालिका चिप स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिथ्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले डिजिटल पेमेण्ट समयको माग भएको बताए । उनले डिजिटल पेमेण्ट सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने धारणा राखे । भ्रष्टाचार न्यूनिकरणको लागि डिजिटल पेमेण्टले सघाउने उनको भनाई थियो ।
कार्यक्रम तथा संघका अध्यक्ष नारायण कोइरालाले संघले यसअघि नै सदस्यता नविकरण इसेवामार्फत् गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले समयको पनि बचत हुने धारणा राखे । क्युआर कोड सबैजसो बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिसकेकाले अब ढुक्क भएर कारोबार गर्ने अवस्था आएको उनको भनाई थियो । इसेवा फोन पे प्रालिको तर्फबाट चिफ स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले क्युआर कोडमार्फत् भुक्तानी छिटो र छरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताए ।
मोबाइलमा इसेवा मोवाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्ने प्रक्रिया सजिलो भएको उनको भनाई थियो । हाल इ–सेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दावी गरे । उनका अनुसार अहिले इ–सेवामार्फत् बिजुली र खानेपानीको बिल तिर्ने काम बढी भएको छ ।
सक्षम एक्सेस टु फाइनान्सका प्रविणराज पोखरेलका अनुसार हाल १ करोड २६ लाख नेपालीले मोवाइल बैंकिङमा जोडिएका छन् । उने अहिले सानो कारोबार हुँदै आए पनि २–४ वर्षका ठूलो कारोबार पनि डिजिटल नै हुने जिकिर गरे । मोवाइल र इन्टरनेट उपयोग गरी इ–सेवाका माध्यमबाट सर्वसाधरणले रकम आदान–प्रदान गर्न, विजुली, पानी, टेलिफोनको महसुल भक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ यो सेवा उपयोगी हुने उनको भनाई थियो । उनले इ–सेवा संचालन गर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले डिजिटल पेमेण्टलाई व्यापक बनाउन अझै जनचेतना बढाउनुपर्ने धारणा राखे । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले इ–सेवा र क्युआरकोडको प्रयोग बढ्दै गएको र पोखरा उद्योग वाणिज्य संघ सदैव नयाँ प्रविधिको पक्षमा भएको बताए ।
अन्तरक्रिया कार्यक्रममा कास्की पोखरा हस्तकला संघकी सचिव वुद्धि पुर्जा, थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी,सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरु, व्यवसायी महेश ज्ञवाली, झलक शर्मा, मुद्रण उद्योग संघ गण्डकीका महासचिव बसन्त बास्तोलालगायतले झुक्किएर पैसा अर्काको खातामा जाँदा सहज फिर्ता हुनुपर्ने, ठूलो रकम कारोबार गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी। अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।
ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो