पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले आज (चैत्र ५) विहीबार आयोजना गर्ने ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’को तयारी पूरा भएको छ । आफ्नो १२ औं स्थापना दिवसको अवसरमा बिकन ल्याङ्ग्वेज एण्ड भिसा सर्भिसेजले बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै आज(चैत्र ५) विहीबार आयोजना गर्ने सो कार्यक्रमको तयारी पूरा भएको हो ।
पोखराको सिद्धार्थचोकमा कार्यालय रहेको आफ्नै भवनमा हुने कार्यक्रम विहीबार पूर्वाह्न ९ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने संस्थाका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालले जानकारी दिए । कार्यक्रममा बैदेशिक शिक्षाका लागि बिकनले विद्यार्थी पठाउने देशहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके र क्यानडाका विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले बैदेशिक शिक्षाको महत्व, ती कलेजहरुमा अध्यापन हुने विषय, त्यसको भविष्यसँगै ती देशहरुमा जानका लागि हुने भिसा प्रक्रिया र अप्नाउनुपर्ने सतर्कता लगायतका विषयमा निःशुल्क परामर्श दिने कार्यकारी निर्देशक अर्यालले बताए ।
‘हामीले ५ देशका २० भन्दा बढी विश्वविद्यालयका आधिकारिक प्रतिनिधि ल्याएर परामर्श दिदैछौं’–उनले भने । उनले थपे, ‘यहि समयमा आउनु पर्छ भन्ने छैन, ९ बजेदेखि ५ बजेभित्र जुनसुकै समयमा पनि आएर परामर्श लिन सकिन्छ ।’ सो दिन पूर्वाह्न १० बजेदेखि १ बजेसम्म भने २ वटा विशेष सेसन चल्ने अर्यालले जानकारी दिए । उनका अनुसार पहिलो सेसनमा सम्बन्धित विशेषज्ञले आयल्ट्समा कसरी धेरै भन्दा धेरै स्कोर ल्याउने भन्ने विषयमा टिप्स एण्ड ट्रिक्स सिकाउनेछन् ।

दोश्रो सेसन बैदेशिक शिक्षा सम्बन्धी सेसन हुनेछ । जसमा विषय विशेषज्ञले नोभल कोरोना भाइरस (कोभिड–१९) पछि बैदेशिक शिक्षाको अवस्था, ती देशमा रहेका विद्यार्थीहरुको अवस्था, कुन देशमा कस्ता विद्यार्थी जाँदा राम्रो, ती देशमा कसरी जाने रु त्यसका लागि गर्नुपर्ने भिसा प्रक्रियालगायतका बारेमा प्रष्ट्याउने उनले बताए ।
सो कार्यक्रममा बैंकिङ पार्टनरको रुपमा नविल बैंक र एनसीसी बैंक रहेको उनले बताए । कार्यक्रममा ती बैंकहरुले बैदेशिक शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दिने शैक्षिक कर्जाको प्रक्रियाका बारेमा परामर्श दिने उनको भनाई छ । ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा सहभागि हुने विद्यार्थी तथा अभिभावकहरुलाई बिकनले विशेष गिफ्टसमेत दिने जनाएको छ । तर त्यसका लागि शुरुमा आउनेलाई प्राथमिकता दिइने अर्यालले बताए ।
‘हो हामी विभिन्न किसिमका आकर्षक गिफ्ट ह्याम्पर दिदैछौं तर शुरुमा आउने २ सय जनालाई मात्र’–उनले भने । वान अप इभेन्ट म्यानेजमेन्ट प्रालिको ब्यबस्थापनमा हुने ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा कक्षा १२ उत्तिर्ण वा त्यस भन्दा माथि अध्ययनरत विद्यार्थी, तीनका अभिभावकलगायत सहभागि हुनसक्ने अर्यालले जानकारी दिए । साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा तीनका अभिभावकसमेत सहभागि हुँदा राम्रो हुने बताए ।

१२ वर्षदेखि बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श र भिसा दिलाउनका लागि कार्य गर्दै आएको बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले आफ्नो स्थापना दिवसको अवसरमा अन्य सामाजिक कार्यहरुपनि गर्ने तयारी गरिरहेको कार्यकारी निर्देशक अर्यालले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह