पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम (Tim) एजुकेशन एण्ड करियर फेयर २०२१ को तयारी पूरा भएको छ ।
भोलि शुक्रबार-चैत ६ (मार्च १९ ) शुक्रबार हुने मेलामा पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. लि. , थर्ड आई एजुकेसन, इम्पल्स एजुकेसन र मिराई कन्सल्टेन्सीले संयुक्त रुपमा उक्त मेलाको आयोजना गरेका हुन् ।पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा हुन लागेको फेयरको तयारी पुरा भएको आयोजक टिमले बताएको छ । १००० (हजार) जना भन्दा बढी सहभागी हुने लक्ष्य लिएको उक्त टिमले सम्पूर्ण तयारी पूरा गरेको हो ।
मेलामा २० भन्दा बढी अन्तर्राष्ट्रय कलेज एवम् युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने छन् । नेपाली विद्यार्थीलाई यूके, यूएसए, क्यानडा, अष्ट्रेलिया, जापानको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा एकै स्थानबाट पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।
फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइनेछ । साथै, फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्। यो सँगसँगै प्रत्येक सहभागीले १०० को मोबाइल रिचार्ज पाउने छन् र सहभागी मध्येबाट गोलाप्रथाबाट छनोट गरी भाग्यमानी १ जनालाई ट्याब र १ जनालाई पोखरा-काठमाडौँ-पोखराको फ्लाईट टिकट पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जानकारी दिए ।फेयरलाई सिड्नी मेट्रो कलेज सहयोग गरेको छ भने ट्राभलर्स पार्टनरमा ऐश्वर्य ट्राभल्सले साथ दिएको छ ।

सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’