आरोही पूर्णिमा श्रेष्ठ अन्नपूर्ण फस्ट हिमाल आरोहणका लागि निस्केकी छिन्। गोर्खा आरुघाटकी स्थायी बासिन्दा पूर्णिमालाई शुक्रबार नै गण्डकी प्रदेश सरकारले सफलताको कामनासहित बिदाई गरेको छ।
उनलाई प्रदेश सरकारले आर्थिक सहयोग हस्तान्तरण गर्यो। पत्रकार समेत रहेकी श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ लाख सहयोग प्रदान गरेका हुन्। पूर्णिमा शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका पुगेकी छिन् । अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।
श्रेष्ठले सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।सफलतासँगै उनको नाममा पहिलो महिला सफल आरोहीको किर्तिमानी रहनेछ। रेकर्ड कायम गराउन खोज्ने प्रदेशकै चेलीलाई प्रोत्साहन गर्नकै लागि गण्डकी सरकारले यो सहयोग गरेको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले बताए।
२९ वर्षीया पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसकेकी छन्। कारोबार दैनिकमा सात वर्षदेखि फोटो पत्रकार रहेकी उनले सन् २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा, २०१९ मा अमादब्लमको सफल आरोहण गरेकी हुन् ।

आफ्नै अगाडि अग्ला हिमशिखर देखेपछि हिमालतिर आकर्षित गोरखा आरुघाट गाउँपालिका घर भएकी उनले चौथो आरोहण यात्रा गर्न लागेकी हुन् । मनासलु ट्रेक उनकै गृहनगर आरुघाट हुँदै जाने हो । उत्तरतिर फर्कँदा गणेश हिमाल आँखै अगाडि देखिन्छ ।
‘मैले पहिलोपटक नै गण्डकी प्रदेशमा रहेको असजिलो मानिने मनास्लुबाट आरोहण थालेँ, ४ वर्षअघिको त्यो निर्णय गर्दा मसँग आरोहणको अनुभव नै थिएन’, पूर्णिमाले भनिन्, ‘अहिले मसँग हिम्मत छ, कुनै महिला नपुगेको र आफ्नै प्रदेशको हिमाल भएकाले पनि योपटक आरोहण गर्न लागेकी हुँ।’
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण अहिलेसम्म गरेका छैनन् । उनलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ। निकै कठीन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने सपनासहित उनी त्यसतर्फ जान लागेकी हुन्।
उनलाई आरोहणमा सघाएका पेम्बा शेर्पाका अनुसार आरोहण करिब एक महिनामा सक्ने लक्ष्य छ। तर, मौसम र आरोहीको अवस्थाले नै लक्ष्य निर्धारण गर्ने उनले सुनाए। उनका अनुसार योपटक अघिल्ला वर्षहरुभन्दा धेरै टोलीले अन्नपूर्ण आरोहण गर्दैछन्। तीमध्ये अधिकांश विदेशी छन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान