तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहेका छन्।
आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाभित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषिलगायत क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै गाउँपालिकावासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताए । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उनले जानकारी दिए।
व्यासमा व्यवस्थापन समिति गठन गरिने
तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा व्यवस्थापन समितिको तीनवर्षे कार्यकाल समाप्त हुन लागेकाले नयाँ समिति गठनका लागि प्रक्रिया अगाडि बढाइएको नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।
विसं २०७८ जेठ मसान्तभित्र नयाँ व्यवस्थापन समिति गठन गर्न निर्देशन गरिएको र त्यसको अनुगमन सम्बन्धित वडाध्यक्षले गर्ने रेग्मीले बताए। “विद्यालय व्यवस्थापन समिति जेठपछि स्वतः विघटन हुने भएकाले नयाँ समिति गठन गर्न सम्बन्धित वडाध्यक्षलाई परिपत्र भइसकेको छ”, उनले भने । नगरपालिकाले प्रविधिमैत्री शिक्षा अघि बढाउन हरेक वडामा माध्यमिक तथा आधारभूत विद्यालयमध्ये एक÷एक विद्यालय छनोट गर्ने कार्यलाई पनि अगाडि बढाएको छ ।
उद्योग वाणिज्य सङ्घको अधिवेशन तय
तनहुँ उद्योग वाणिज्य सङ्घको अधिवेशन आगामी वैशाख ४ गते हुने भएको छ । सङ्घको शनिबार सम्पन्न बैठकले १६औँ अधिवेशनको मिति तय गरेको हो । सङ्घको ३५औँ साधारणसभा भने चैत ३१ गते तोकिएको महासचिव इमकुमार मल्लले जानकारी दिए।
बैठकले विभिन्न बजार एकाइको अधिवेशनको मितिसमेत तय गरेको छ । दमौली बजार एकाइको अधिवेशन चैत २० र २१ गते हुनेछ । बैठकले सातवटा बजार एकाइको अधिवेशन चैत २५ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’