इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयलाई समेटेर ‘क्यान भााषमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ शनिबार सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न गरिएको प्रतियोगितामा सम्पन्न प्रतियोगितामा प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्रमध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनोट गरिएको इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमा प्रथम चरणबाट छनोटमा परेका उत्कष्ट १२ प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे। उनहरु क्रमशः कुमुदिनिहोम्स माविका युकेस सुनार, हिलप्वाइन्ट माविका सपना नेपाली, कास्की मोडनाइज्ड एकेडेमीका जेसिकातिलिजापुन र गण्डकी बोर्डिङ स्कुलकास्वरुप माकाजु हुनुहुन्छ । उनहरुले क्रमशः रु नौ हजार, छ हजार, तीन हजार र एक हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रममा प्राज्ञ तथा विम्ब कवि रमेश श्रेष्ठले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय कार्य भएको बताए। कलासंस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्नुपर्ने उनको भनाइ थियो । निर्णयक संयोजक वरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असर कार्य गर्ने सकिने बताए। लायन्स क्लबका अध्यक्ष सुनिलकुमार ठाकुरले चित्रकला महत्वका बारेमा प्रकाश पारेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती