गण्डक न्युज पोखरा, १२ चैत । पोखराको नयाँ बजारमा ५ बर्षिया बालिकाको हत्या भएको छ । आइतबार रातिको समयमा न्यूरोड र नयाँबजारको बीच भाग सभागृहपथमा नयाँ बजार बस्दै आएकी बालिका बिहानी रोक्का मगरको हत्या भएको हो ।
आईतबार साँझ ७ बजे घरबाट हराएकी उनी राति १० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । स्थानीय निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा गाडी धुने काम गर्दै आएका १४ वर्षीय बालकले हत्या गरेको खुलेको छ । यद्यपी घटनाबारे अनुसन्धान चलिहरेकाले कास्की प्रहरीले थप विवरण दिएको छैन । टाउकोमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । बालिकाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार पुन थरका ती बालकले खेलौना विवादमा हत्या गरेको बयान दिएका छन् । आफ्नो घर, बाबु आमा नभएको बताएको प्रहरीले जनाएको छ । उनी गाडी धुने सर्भिस प्वाईन्टमै अर्का साथीसँग बस्दै आएका थिए ।
मृतक बालिकाकी बाबु कृष्ण रोक्का मगर नेपाली सेनाका जागिरे हुन् भने आमा बिना थापा होटल सञ्चालन गरेर बस्दै आएकी छिन् । उनी कान्छी छोरी हुन् । उनका दाइ शरद ९ वर्षका छन् । दाजु बहिनी दुवै रामघाट स्थित मेट्रोपोलिटन एकेडेमीमा पढ्दै आएका छन् । मृतक बालिका एलकेजीमा अध्ययनरत थिईन् । उनको परीक्षा चलिरहेको परिवार श्रोतले जानकारी दिएको छ ।
परिवारबाट मृतक बालिकाकी सानिमा र सानोबुबा जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन् । मृतकका बुबा नवलपरासीबाट पोखरा फर्किदैं छन् । परिवार भने खेलौनाकै विषयमा हत्या गरेको स्विकार्न तयार छैन । गहिरो अनुसन्धान गर्न प्रहरी समक्ष उनीहरुको माग छ । काम गर्ने सर्भिस प्वाईन्टका सञ्चालक, अभियुक्त पुनका साथी प्रहरी नियन्त्रणमा रहेका छन् ।
राति १० बजेमात्रै एक ग्यारेज अगाडि पोखरा सभागृहको पर्खालको आडको खाली जग्गामा बिहानीलाई बोराहरु, बालुवाले छोपेको अवस्थामा भेटिएको थियो । अभियुक्त पुन काम गर्ने ठाउँ र बालिकाको कोठा नजिकै रहेकाले दुवै जना हराएपछि उनीहरुको खोजी गरिएको थियो । पुनलाई फेला पारेपछि बालिकाको अवस्था पत्ता लागेको स्थानीयले बताए ।

अभियुक्त नाबालक रहेकाले परिचय खुलाईएको छैन ।
घटना कसरी घट्यो ? किन घट्यो ? अभियुक्त को हुन् ? पीडित परिवार के भन्छन् ? हामी निरन्तर अपडेटमा छौं । हामीसँगै रहनुहोला । … GandakNews

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ