पोखरा । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै शुरु गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतीक, सावित्री खनाललाई बिमा कार्ड प्रदान गरेका थिए । कास्कीमा आवद्ध ३ सय भन्दा बढि पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
पत्रकार सहित उनका परिवारका बढीमा ५ जना सदस्यसम्मको बीमा गरिने श्रेष्ठले जानकारी दिए । प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय पत्रकार महासंघले खर्च गर्ने बताए । ‘प्रत्येक परिवारको बीमा गर्न पत्रकार महासंघले ३५ सय खर्च गर्दछ,’ उनले भने ‘त्यस भन्दा बढि सदस्य भएमा पत्रकार आफैले खर्च व्यहोनु पर्ने छ ।’
उनले स्वास्थ्य बीमाबाट बर्ष सम्म १ लाख सम्मको उपचार खर्च पाइने बताए । ५ जना भन्दा बढि भएमा प्रत्येक व्यक्तिको ७ थप लाग्ने उनले बताए । थप एक जनाको थपिदा बीमा बापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने बताए । उनले पोखरा महानगरपालिका सगँको सहकार्यमा अभियान अगाडी बढाएको बताए । उनले चैत २० गते सम्म अभियान संचालन हुने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार र तीनका परिवारका शुरक्षालाई ध्यान दिदै अभियानमा साथ दिएको बताए । उनले बीमा हाम्रो जीवन भने नाराका यो अभियानलाई सफल पार्ने बताए ।
स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेलले गण्डकी प्रदेशका ९ जिल्ला स्वास्थ्य बीमा अभियान चलेको बताए । गण्डकी प्रदेशमा अहिले सम्म ४ लाख ६६ हजार जनाले बीमा गरी सकेको बताए । उनले पत्रकार आफ्नो मात्र नभई आफ्नो परिवारलाई समेत स्वास्थ्य बीमामा सहभागि गराउन पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनाी माधम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ, प्रेस युनिय कास्कीका अध्यक्ष नविन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक अर्जुन गिरी, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र सचिब रामप्रसाद तिमिल्सिना लगाएतले बीमाले पत्रकारलाई निर्धक काम गर्ने प्रेरणा दिनेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ