स्याङ्जाको गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसेर घाईते भएका युवकलाई जिउँदै कालीगण्डकीमा फालेको आरोप अर्का सहकर्मी सहचालक र चालकमाथि लागेको छ । ति युवक कालीगण्डकीमै बेपत्ता छन् भने चालक फरार छन् । अर्का सहचालक पक्राउ परेका छन् ।
गल्याङ नगरपालिका वडा नं ९ पारीचौरस्थित बेल्चौर–साँखर कच्ची सडक खण्डमा चैत ५ गते लु.अ.अ.फ. १०२० नं (अस्थायी नं) को ट्याक्टरमा काम गर्ने सहचालक गल्याङ ८ का गणेश गाहा मगरको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी गराएका छन् ।
घटना विवरण अनुसार राति १० बजे कालीगण्डकी घाटदेखि ढुङ्गा लोड गरी हिँडेको उक्त ट्याक्टरबाट गाहा एक्कासी खसेको र तत्काल उनलाई ट्याक्टरले किच्न पुगेको थियो । त्यसपछि, चालक अमित परियार र साथी सुनिल रानाले सहयोग गर्नुको सट्टा ट्याक्टरमै राखेर साखर घाटबाट कालीगण्डकीमा फालेको बताइन्छ ।
सहचालक सुनिल पनि गल्याङ नगरपालिका वडा नं ८ का हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । सुनिलले घटनाबारे आफ्नी दिदीलाई भनेपछि यो घटना सार्वजनिक भएको हो । चालक अमित परियार भने फरार छन् । प्रहरी टोलीले खोजतलासलाई तिब्रता दिएपनि अहिलेसम्म नदिमा बेपत्ता गाहालाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्धा दर्ता गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी सुनिलमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु