पोखरा । सुन्दर नगरी पोखराको सीतापाइलामा ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण भइरहेको छ । पार्क निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
कोरोना महामारी र लकडाउनका कारण फनपार्क निर्माणमा केही ढिलाइ भएपनि अहिले धमाधम काम भइरहेको कम्पनीका अध्यक्ष कदम केसीले जानकारी दिए । अब छिट्टै पार्कको सफ्ट ओपनिङ गर्ने गरी काम भइरहेको उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पोखरामा ६५ रोपनी जग्गामा पार्क निर्माण भइरहेको उनको भनाइ छ ।
पार्क निर्माण सकेर सञ्चालनमा आएपछि धेरै पर्यटक आकर्षित हुने लगानीकर्ताहरुको विश्वास छ । परियोजनामा ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य भएपनि निर्माण समय लम्बिदा करिब १० करोड रुपैयाँ लगानी थप हुने बताइएको छ । पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध हुनेछ ।
यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्नेगरी संरचना तयार पार्न लागिएको केसी बताउँछन् । ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ,’ केसीले भने ।
विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’
सम्बन्धित खबर
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन