गण्डक न्युज पोखरा, १३ चैत । प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको छ । प्रदेश ४ को नाम गण्डक, तमुवान–मगरात, गण्डकी, गोरखा, अन्नपूर्ण बढी चर्चामा छ ।

प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद गुरुङ, विन्दुकुमार थापा, भगवतप्रकाश मल्ल, दीपक कोइराला, चन्द्रबहादु बुढा, कृष्ण थापा र हरिशरण आचार्य सदस्य छन् । उनीहरुले प्रदेशको राजधानी तोक्न तथा नामाकरण गर्न भौगोलिक अवस्थिती, जनचाहना, पहूँचको सुलभता, भौतिक संरचना लगायतका विषयमा जनताको पृष्ठपोषण लिएर संसदमा सुझाव पेश गर्नेछन् ।
यसअघि गठन भएको विधायन समितिमा ३, सार्वजनिक लेखा समितिमा ३, प्रदेश मामिला समितिमा ५ र अर्थ तथा विकास समितिमा पनि ३ सदस्य थपिएका हुन् । विधायन समितिमा धनञ्जय दवाडी, सावित्रा राना र मनबहादुर गुरुङ थपिएका छन् । यसअघि मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्तीमगर, धनमाया पोख्रेल लामा, ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली र चन्द्रबहादुर बुढा सदस्य थिए ।
सार्वजनिक लेखा समितिमा राजीव पहारी, प्रभा कोइराला र महेन्द्रबहादुर थकाली थपिएका छन् । समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दिलमाया रोका, प्रकाशचन्द्र दवाडी यसअघि नै सदस्य भैसकेका थिए ।

प्रदेश मामिला समितिमा चिन्ता बहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहरा, मञ्जु अधिकारी, दीपक थापा, मित्रकुमारी गुरुङ सुवेदी पूरानै सदस्य हुन् भने जुनादेवी नेपाली, ईन्द्रधारा बिष्ट, रोशन गाहा थापा, लक्ष्मी सुनार र मिना गुरुङ अहिले थपिए ।
अर्थ तथा विकास समितिमा दीपक कोइराला, विनोद केसी, दोवाटे विश्वकर्मा, सरिता गुरुङ, भगवतप्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य सदस्य थिए भने हाल ईन्द्रलाल सापकोटा, मीनप्रसाद गुरुङ र पुष्पा केसी भण्डारी थपिएका हुन् । थपिएका सबै सदस्य एमालेतर्फका सांसद छन् ।
फागुन २७ र चैत ६ गतेको बैठकले संसदका चारवटै समिति गठन गरेको थियो । तर सदस्य संख्या बढाउनुपर्ने माग गर्दै एमालेले सदस्यको नाम दिएको थिएन । आन्तरिक सहमति भएपछि पूरानै अवस्थामा सदस्यको नाम पठाएको एमाले संसदीय समितिले जनाएको छ । एमालेले नियमावली परिवर्तन गरी प्रत्येक समितिमा १३ सदस्य बनाउनुपर्ने माग गरेको थियो । नियमावलीमा ११ जना मात्रै सदस्य रहने ब्यवस्था छ ।
प्रदेश ४ को नाम सप्तगण्डकीको सेरोफेरो भएकोले ‘गण्डक प्रदेश’ !
अहिले दर्जनौंका पोस्टहरुमा प्रदेशका नामबारेको चासो देख्न सकिन्छ । प्रदेशबासीका मनोभावना के छन् भन्ने बुझ्न विभिन्न व्यक्ति तथा पेजबाट नमुना सर्वेक्षण नै भएको छ ।

प्रदेश ४ को नाम के राख्ने भन्ने बहस यतिखेर जोडतोडले चलेको छ । विशेषत: सामाजिक सञ्जालमा सर्वसाधारणले आ–आफ्नो राय व्यक्त गरिरहेका छन् । विभिन्न नाममध्ये गण्डक, गोरखा र तमुवानमा बढी चर्चामा छन् । संस्कृति, रीतिरिवाज, रहनसहन र परम्पराको आधारमा गण्डक प्रदेश राख्नुपर्ने एकथरीको तर्क छ ।
पोखराका अग्रज पत्रकार कुशुमकेशव पराजुली लेख्छन्ः ‘निसन्देह हामी ‘गण्डक प्रदेश’मा छौ । अहिलेका सरकारका घटकहरुले आफ्नो आधार ईलाका बनाउदा होस या साङ्गठनिक नामाकरण गर्दा गण्डक प्रदेश भनेर नै नामाकरण गरेका थिए ।’

सामाजिक सञ्जालमा पोखराका युवा रुपेश पाण्डे लेख्छन्, ‘गण्डक क्षेत्रको लोकसंस्कृति, यहाँको सुन्दरताले यस क्षेत्रलाई चिनाएको छ । त्यसैले यो प्रदेशको नाम ‘गण्डक’ हुनुपर्छ ।’
पर्वत सदरमुकाम कुश्माकी विद्यार्थी रश्मी लामिछाने भने दुई अञ्चल जोडिएकाले ‘गण्डकी–धौलागिरी प्रदेश’ नामाकरण गर्न उचित हुने तर्क गर्छिन् । सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘प्रदेशको नाम सर्वस्वीकार्य हुनुपर्छ । यहाँको भूगोलमा भएको नदी र हिमाल मिलाएर गण्डकी–धौलागिरि प्रदेश नाम राख्दा कसैको विमति हुन्छ जस्तो लाग्दैन ।’
गोरखाका युवा व्यवसायी सुरज श्रेष्ठ फरक विचार राख्छन् । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्नुपर्ने उनको राय छ । नेपाल एकीकरणको उद्गम थलो र वीर नेपालीलाई चिनाउने पदावली भएकोले गोरखा प्रदेश नै उपयुक्त हुने विचार उनले राखेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्ध देरराज गुरुङ पहिचानको सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने सुझाउँछन् । गण्डक नै राख्दा पनि गुरुङ वा मगर भाषामा गरिनुपर्ने उनको तर्क छ । ‘पहिचानलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ,’ उनी लेख्छन् ।


सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो