हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार गाउँका पुराना घर पुनःनिर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली बम र एक सकेट बम भेटिएको थियो । उक्त बमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
बमसँगै राखिएको जनादेश पत्रिका विसं २०६१ चैत २ गतेको भएकाले बम पनि सोही समयमा राखिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा बम र पत्रिका एउटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकीले जनाएको छ ।
ठेहेका तुला रावल र लोग भण्डारीको घरको बीच भागमा भेटिएको बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाका सुवेदार केदार थापा नेतृत्वको टोलीले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको हो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष