पोखरा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर पार्टी कमिटी गठन गरेको छ । उक्त प्रदेश कमिटीको नेतृत्व गर्ने जिम्मेवारी नेता सुरेन्द्र पाण्डेले पाएका छन् ।
पाण्डेलाई एमालेको केपी ओली समूहले आजै कारबाही गरेको थियो । विहीबार नेता नेपाल आफैं पोखरा आएर समानान्तर कमिटी बनाएका हुन् । प्रदेशको संयोजक पाण्डे बनेका छन् भने सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली रहेका छन् ।
विहीबार आयोजित भेलाले प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी बनाउने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । जिल्ला भेला गर्ने जिम्मेवारी कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुँमा शंकरनारायण श्रेष्ठले पाएका छन् ।
नेकपा एमाले कास्कीमा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने जनाइएको छ ।
कास्कीको भरतपोखरी निवासी आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् । कास्की क्षेत्र २ बाट स्व। रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले प्रतिनिधिसभाको चुनाव लड्दा उनी आर्थिक विभाग प्रमुख थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’