पोखरा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर पार्टी कमिटी गठन गरेको छ । उक्त प्रदेश कमिटीको नेतृत्व गर्ने जिम्मेवारी नेता सुरेन्द्र पाण्डेले पाएका छन् ।
पाण्डेलाई एमालेको केपी ओली समूहले आजै कारबाही गरेको थियो । विहीबार नेता नेपाल आफैं पोखरा आएर समानान्तर कमिटी बनाएका हुन् । प्रदेशको संयोजक पाण्डे बनेका छन् भने सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली रहेका छन् ।
विहीबार आयोजित भेलाले प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी बनाउने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । जिल्ला भेला गर्ने जिम्मेवारी कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुँमा शंकरनारायण श्रेष्ठले पाएका छन् ।
नेकपा एमाले कास्कीमा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने जनाइएको छ ।
कास्कीको भरतपोखरी निवासी आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् । कास्की क्षेत्र २ बाट स्व। रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले प्रतिनिधिसभाको चुनाव लड्दा उनी आर्थिक विभाग प्रमुख थिए ।
सम्बन्धित खबर
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै