पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, नारायण प्रसाद शर्मा, एल.पी. बञ्जरा र मोहन कुमार बिष्ट (आरजु विष्ट सल्यानी) को उम्मेदवारी दर्ता भएको हो । यद्यपी, उनीहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
प्रेस चौतारी समूहका श्रेष्ठ प्यानलको उपाध्यक्ष (खुला) मा इन्द्र प्रसाद पौडेल, उपाध्यक्ष (महिला) मा शान्ति गुरुङ, महासचिवमा दिल शिरिष मगर, सचिवमा (खुला) तर्फ प्रकाशचन्द्र भट्टराई, सचिव (समावेशी) मा रुद्र श्रीष मगर र कोषाध्यक्षमा शालिकराम कोइराला छन् ।
यस्तै, प्रेस युनियन, प्रेस सेन्टर र चौतारी (माधव नेपाल समूह) को गठबन्धनबाट युनियनका नारायण प्रसाद शर्मा चुनावी मैदानमा उत्रेका हुन् । गठबन्धनबाट उपाध्यक्ष (खुला) मा सेन्टरका दिपक भट्टराई, उपाध्यक्ष महिलामा सोनी शर्मा, महासचिव (माधव नेपाल समूह) का गोविन्द सुवेदी, सचिव (खुला)मा युनियनका यदुनाथ बञ्जरा, सचिव (समावेशी) मा सुशिल बाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रेस सेन्टर निकट एलपी बञ्जाराले अध्यक्षमा, सेन्टर निकट माधव प्रसाद पनेरुले उपाध्यक्षमा र युनियन निकट ॠषिकान्त पौडेलले सचिव (खुला) मा बागी उम्मेदवारी दर्ता गराएका छन् । सागरराज तिमिल्सिनाले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पत्रकार महासंघ गण्डकीमा क-कसले दिए उम्मेदवारी हेर्नुहोस्:

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो