पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, नारायण प्रसाद शर्मा, एल.पी. बञ्जरा र मोहन कुमार बिष्ट (आरजु विष्ट सल्यानी) को उम्मेदवारी दर्ता भएको हो । यद्यपी, उनीहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
प्रेस चौतारी समूहका श्रेष्ठ प्यानलको उपाध्यक्ष (खुला) मा इन्द्र प्रसाद पौडेल, उपाध्यक्ष (महिला) मा शान्ति गुरुङ, महासचिवमा दिल शिरिष मगर, सचिवमा (खुला) तर्फ प्रकाशचन्द्र भट्टराई, सचिव (समावेशी) मा रुद्र श्रीष मगर र कोषाध्यक्षमा शालिकराम कोइराला छन् ।
यस्तै, प्रेस युनियन, प्रेस सेन्टर र चौतारी (माधव नेपाल समूह) को गठबन्धनबाट युनियनका नारायण प्रसाद शर्मा चुनावी मैदानमा उत्रेका हुन् । गठबन्धनबाट उपाध्यक्ष (खुला) मा सेन्टरका दिपक भट्टराई, उपाध्यक्ष महिलामा सोनी शर्मा, महासचिव (माधव नेपाल समूह) का गोविन्द सुवेदी, सचिव (खुला)मा युनियनका यदुनाथ बञ्जरा, सचिव (समावेशी) मा सुशिल बाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रेस सेन्टर निकट एलपी बञ्जाराले अध्यक्षमा, सेन्टर निकट माधव प्रसाद पनेरुले उपाध्यक्षमा र युनियन निकट ॠषिकान्त पौडेलले सचिव (खुला) मा बागी उम्मेदवारी दर्ता गराएका छन् । सागरराज तिमिल्सिनाले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पत्रकार महासंघ गण्डकीमा क-कसले दिए उम्मेदवारी हेर्नुहोस्:

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’